ब्रिटेनलाई युरोपेली आयोग अध्यक्षको चेतावनी

  • 19 अक्टोबर 2014
तस्वीर कपीराइट b
Image caption प्रधानमन्त्री क्यामरुनले इबोला संकटबारे ठूलो चासो व्यक्त गरिरहेका छन्

पदावधि सकिन लागेका युरोपेली आयोगका अध्यक्ष होजे म्यानुअल बारास्सोले, यदि ब्रिटेनले युरोपेली संघ(इयू) छोडे आफ्नो विश्वब्यापी शक्ति र प्रभाव गुमाउने चेतावनी दिएका छन्।

अध्यक्ष बारास्सोले ब्रिटेनले एक्लै अमेरिका र चीनजसंग समान हैसियतमा वार्ता गर्न सक्नेमा प्रश्नसमेत गरेका थिए।

पछिल्लो इबोला संकटतर्फ संकेत गर्दै उनले इयुभित्रै रहेर ब्रिटेन बलियो हुने बताए।

इयु बाहिर रहेको भए उक्त संकटमा ब्रिटेनले अहिलेकै तहमा प्रभाव पार्न नसक्ने उनको भनाइ थियो।

चेतावनी

यदि ब्रिटेनले इयु छाड्ने निर्णय लिए छिमेकीहरुको नीतिमा उसको प्रभाव शून्य रहने उनले बताए।

उनले थपे, "ब्रिटेन एउटा महान राष्ट्र हो र यसको ठूलो इतिहास छ। त्यहाँ ६ करोड जनता छन्। तर तपाइँहरु विश्वास गर्नुहुन्छ, यसले अमेरिका र चीनजस्तो विशाल देशसँग समान हैसियतमा एक्लै कुरा गर्न सक्ला?"

अध्यक्ष बारास्सोलेले इयु सदस्यता सम्बन्धी सम्भावित जनमत संग्रहअघि ब्रिटेनले इयुका अन्य मुलुकहरुका आप्रवासीको संख्या सीमित गर्न नहुने भन्दै सचेत गराए।

यदि कन्जरभेटिभहरु सत्तामै रहिरहे २०१७ सम्ममा त्यस्तो जनमत संग्रह गराउने ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरनले बताएका छन्।