दिल्मा रुसेफ पुन: राष्ट्रपति निर्वाचित

  • 27 अक्टोबर 2014
रुसेफ र एसियो तस्वीर कपीराइट AFP Getty
Image caption मत परिणाम अनुसार रुसेफका प्रतिद्वन्द्वी ले ४८ प्रतिशत मत ल्याएका छन्

निकै प्रतिस्पर्धात्मक देखिएको चुनावमा दिल्मा रुसेफले ५१ प्रतिशतभन्दा बढी मत ल्याएको अधिकारीहरुल बताएका छन्।

मत परिणाम अनुसार उनका प्रतिद्वन्द्वी ले ४८ प्रतिशत मत ल्याएका छन्।

रुसेफले सन् २०१० मा राष्ट्रपति पद सम्हालेकी थिइन्।

लोक कल्याणकारी नीतिका कारण ब्राजिलका गरिबहरुमाझ उनी लोकप्रिय पनि भइन्।

आफ्ना समर्थकहरुमाझ बोल्दै रुसेफले आफू अझै राम्रो राष्ट्रपति बन्न चाहेको बताइन्।

उनले राजनीतिक सुधारका कार्यक्रमहरु अघि सार्ने बताइन्।

मुद्दा

‍चुनावी अभियानका क्रममा दुवै उम्मेद्वारहरुले आर्थिक वृद्धि र गरिबी निवारणका मुद्दा उठाएका थिए।

औपचारिक परिणामहरुले रुसेफले निकटतम प्रतिद्वन्द्वी मध्यमार्गी-दक्षिणपन्थी नेता एसियो नेवेसलाई तीन प्रतिशत पोइन्टले हराएको देखाएका छन्।

एक मतदाताले रुसेफको विजयले आफू दु:खी भएको बताए, “यति धेरै भ्रष्टाचार हुँदाहुँदै पनि किन यहाँ फेरि यही सरकारले अर्को चार वर्षका लागि निरन्तरता पायो?”

ब्राजिलमा रहेका बीबीसीका एक सम्वादाता भन्छन्, धेरै मतदाताहरुले आर्थिक सुधारका कदमहरुको निरन्तरता चाहेको देखिएको छ।

रुसेफको वर्कर्स पार्टीले विगत १२ वर्षदेखि सत्ता सम्हालिरहेको छ।

रुसेफले ब्राजिलका गरिब उत्तरी राज्यहरुमा राम्रो परिणाम हासिल गरिन्।

तर उनका विपक्षीले भने देशको धनी र विकसित दक्षिणी राज्यहरुमा राम्रो गर्यो।