"इरानसंगको परमाणु वार्ता असफल"

  • 24 नोभेम्बर 2014
तस्वीर कपीराइट AFP

इरानको परमाणु कार्यक्रममा सम्बन्धमा अष्ट्रियाको भियनामा आयोजित वार्ता असफल भएको छ। तर त्यस विषयमा कुनै प्रकारको सम्झौता हासिल गर्नुपर्ने समयसिमालाई आगामी जुन महिनाको अन्त्यसम्म लम्बाइएको छ।

विश्वका छ शक्ति राष्ट्रका विदेशमन्त्रीहरु र इरानबीच, इरान विरुद्ध लागु राष्ट्रसंघीय प्रतिबन्धहरु हटाउनका लागि इरानले आफ्नो परमाणु कार्यक्रमलाई स्थगित गर्नु पर्ने विषयमा वार्ता भैरहेको हो।

इरानले परमाणु कार्यक्रम मार्फत आफूले परमाणु अस्त्र नभई, परमाणु उर्जा मात्र हासिल गर्न खोजेको बताएको छ।   भियनामा छ शक्ति राष्ट्र र इरानका विदेशमन्त्रीहरु बीच भएको वार्ताको अन्तिम चरणमा सोमबारको पूर्व निर्धारित समयसिमा भित्र पनि सहमति हुन नसकेपछि, समयसिमा लम्बाउने घोषणा गरिएको हो। प्रयास

ति ६ शक्ति राष्ट्रहरु, अमेरिका, रुस, ब्रिटेन, चीन, फ्रान्स र जर्मनीले गत बर्ष इरानसंग जिनीभा वार्ताका क्रममा टुंगो लागेको प्रारम्भीक सहमतिलाई अन्तिम रुप दिने प्रयास गरिरहेका थिए। भियनामा वार्ता समाप्त भएपछि बोल्दै ब्रिटेनका विदेशमन्त्री फीलीप ह्यामण्डले भने,"यि वार्ताहरु अब फेरि आगामी डिसेम्बर महिनामा शुरु हुनेछन् जस्लाई सन् २०१५ को जुन महिनासम्म जारी राखिने छ।" त्यस अवधिसम्म इरानलाई उस्का रोक्का सम्पत्तिहरु मध्येबाट हरेक महिना सतरी करोड डलरमा पहुंच दिइन जारी नै राखिने छ। रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले भनेका छन् उनी पहिले हासिल भएको परमाणु सम्झौताको आधारभूत सिद्धान्तहरु तीन या चार महिनाभित्र लागु हुने अपेक्षा गर्दछन्।