अनौठो व्यथा

  • 22 फेब्रुअरी 2015
Image caption अकल्पनिय बेदना बोकेर पनि हरेस नखाइ जीवनमा अघि बढ्ने मानिसहरु भेटिन्छन्

व्यथा त प्राय हामी सबैको जीवनमा हुन्छ, तर कसै कसैको व्यथा अनौठो हुन्छ।

कुनै दु:ख वा वेदना नभएको मानिस संसारमा भेट्न अलि गाह्रै हुने गर्दछ।

मानिस सोच्छ, उसलाई जस्तो ठूलो पिर अरु कसलाई परेको होला ?

तर उ के कुरा बिर्सन्छ भने, उ भन्दा धेरै धेरै पीडा खपेर पनि समाजमा मानिसहरु बाँचेकै हुन्छन्, हिम्मत साँचेर अघि बढेकै हुन्छन्।

यो नयाँ कार्यक्रम श्रृङ्खला “अनौठो व्यथा”मा त्यस्तै असाधारण व्यथा बोक्दै अघि बढी रहेका केही साहसीहरुको जीवनमाथि प्रकाश पार्ने प्रयास भएको छ।

सुखको कुरा सुनाउन प्राय मानिसहरु राजी नैं हुन्छन्।

तर दु:खको कुरा अरुलाई सुनाउन गाह्रो नैं हुने गर्दछ।

श्रृङ्खलामा आफ्नो पीडा बाँडेर अरुलाई हिम्मत प्रदान गर्ने सबै सहभागीहरु प्रति हामी आभारी छौं।

यस श्रृङ्खलाको जिंगल संगीतकार न्ह्यु बज्राचार्य र गायिका सितु खरेलले तयार गरिदिएका हुन्।

सुमन खरेलको संयोजन र प्रस्तुतिमा “अनौठो व्यथा” फागुन ११ गतेदेखि हरेक सोमबार साँझको प्रसारणमा सुन्न सक्नु हुन्छ।

सिग्नेचर जिंगल-"अनौठो व्यथा"

पहिलो कार्यक्रम - श्वेता खड्का – 23/02/15

दोस्रो कार्यक्रम - भूमिका श्रेष्ठ - 02.03.15

तेस्रो कार्यक्रम - छविलाल विश्वकर्मा र सीता ढुंगाना - 09/03/15

चौथो कार्यक्रम - रुपा गन्धर्व - 16/03/15

पाचौं कार्यक्रम - संझना थापा मगर - 23/03/15

छैठौं कार्यक्रम - तुलसीराम ढुंगाना र सृजना ढुंगाना - 30/03/15

सातौं कार्यक्रम - बिष्णु गौतम र लक्ष्मी गौतम – 06/04/15

आठौं कार्यक्रम - पूजा कार्की - 13/04/15

नवौं तथा अन्तिम कार्यक्रम – स्मारिका खरेल – 20/04/15