ओस्कर पुरस्कारका केही झलक

  • 23 फेब्रुअरी 2015

अमेरिकी चलचित्र उद्योगले हलिवुडमा आयोजीत एक समारोहमा यो बर्षको निम्ती सर्वोत्कृष्ट फिल्म, अभिनय र भूमिकाहरुका लागि एकेडेमी पुरस्कार, ओस्कर, वितरण गरेको छ।

सो अवसरमा केहि ओस्कर विजेताहरुले व्यक्त गरेका अभिव्यक्तिहरुको एक संगालो।

सरकारले शायद अर्को बर्ष एकेडेमीमाथि नयां आप्रवासी कानून लगाउन सक्छ। लश्करै दुईजना मेक्सीकनहरुले जीत्नु शंकास्पद छ।"

सर्वोत्कृष्ट चलचित्र र सर्वोत्कृष्ट निर्देशक विधाको ओस्कर विजेता अलेहान्द्रो गोन्जालेज इन्यारिटुले आप्रवासीहरुलाई सम्मानजक व्यवहार गर्न आह्वान गरे।
Getty

सन्तान जन्माउने सबै आमाहरु, सबै नागरिकहरु र करदाताहरु... यो सबैले समान तलब पाउनु पर्ने समय हो, अमेरिकाको महिलाहरुको निम्ती समान अधिकारको समय हो।"

प्याट्रीसिया आर्केट, सर्वोत्कृष्ट सहअभिनेत्रीको ओस्कर विजेता, अमेरिकामा लैंगिक समानताका बारे बोल्दै
Getty

मैले मौनता, संसारबाट अलग रहने र आत्म समीक्षाको आवश्यकताका बारे फिल्म बनाएं, तर अहिले यो कोलाहल र विश्वको ध्यान तान्ने केन्द्रमा उपस्थित भएको छु...जीवन आश्चर्यले भरिभराउ छ।

पावेल पाउलीकोस्की , उनको आइडा फिल्मले विदेशीभाषाको सर्वोत्कृष्ट चलचित्रको ओस्कार जीत्यो
Getty

मैले सुनेकी थिएं की ओस्कर जीत्नेको उमेर पांच बर्षले बढ्ने गर्छ। यदि त्यसो हो भने म एकेडेमीलाई धन्यवाद दिन चाहन्छु, किनकी मेरो श्रीमान् म भन्दा कान्छा छन्।"

सर्वोत्कृष्ट अभिनेत्रीको ओस्कर विजेता जुलीएन मूर
Getty

१६ बर्षको हुंदा मैले आत्महत्याको प्रयास गरेको थिएं किनकी म आफूलाई विरानो ठान्थें। तर अब म यहां छु,र म यो क्षण त्यो केटोको लागि होस् भन्ने चाहन्छु जो आफूलाई अनौठो र बेग्लै ठान्दछ।"

ग्राहम मूर, इमीटेशन गेमका लागि सर्वोत्कृष्ट रुपान्तरित पटकथाका विधामा पुरस्कृत
Getty

आज हामी हलीवुडका सर्वोत्तम र सबैभन्दा गोरो, माफ गर्नुस्... सबैभन्दा उज्यालो प्रतिभाको सम्मान गर्दैछौं।"

ओस्कर्सका समारोह संचालक नील प्याट्रियक ह्यारिस एकेडेमी पुरस्कारको चयनमा विविधता नदेखिएकोमा ठट्टा गर्दै
Getty

यदि तपाईं त्यस्ता भाग्यमानीहरुमा पर्नुहुन्छ जस्को एक अथवा दुवैजना अभिभावक जीवीतै छन् भने, उनीहरुलाई फोन गर्नुस्। उनीहरु जबसम्म बोल्न चाहन्छन् तबसम्म तिनको कुरा सुनिदिनुस्।"

सर्वोत्कृष्ट सहअभिनेता ओस्कर विजेता जे. के. सिमन्स् संसारभरीका अभिभावकहरुको तर्फबाट आह्वान गर्दै।
Getty