अष्ट्रेलियाका प्रसिद्ध क्रिकेट टिप्पणीकारको निधन

  • 10 एप्रिल 2015
तस्वीर कपीराइट BBC World Service
Image caption गत नोभेम्बरमा रिचि बेनोले छालाको क्यान्सरको उपचार गराईरहेको सार्वजनिक गरेका थिए

अष्ट्रेलियाली क्रिकेट टिमका पूर्वकप्तान तथा प्रसिद्ध क्रिकेट टिप्पणीकार रिचि बेनोको ८४ वर्षको उमेरमा निधन भएको छ।

अग्रणी लेग स्पीन बलर बेनोले ६३ टेष्ट म्याच खेलेका थिए।

सन् १९६४ मा उनले क्रिकेटबाट सन्यास लिएर पत्रकारिता र प्रसारणको करिअर शुरु गरेका थिए।

इङ्ग्ल्याण्डमा उनको अन्तिम क्रिकेट टिप्पणी सन् २००५ को क्रिकेट खेलका बेला आएको थियो।

क्यान्सर

तर उनले अष्ट्रेलियाको च्यानल नाइनका लागि सन् २०१३ सम्म टिप्पणी गर्दै थिए।

गत नोभेम्बर महिनामा उनले आफुले छालाको क्यान्सरको उपचार गराइरहेको सार्वजनिक गरेका थिए।

बेनोले २५९ खेलमा ९४५ विकेट लिएका थिए।

उनी टेष्ट म्याचमा २०० विकेट र २००० रन लिने पहिलो व्यक्ति बनेका थिए।

उनलाई असाध्यै राम्रो रणनीतिकार मानिन्छ किनभने उनको नेतृत्वमा खेलिएको कुनै पनि टेष्ट खेल अष्ट्रेलियाले हारेन्।

पाँचवटा जितिेको थियो भने दुईवटा बराबरी भएकोयो।

सम्बन्ध

प्रभावशाली क्रिकेट करिअरपछि उनी श्रृजनात्मक लेखक, स्तम्भकार र टिप्पणीकारका रुपमा झन् बढी चिनिए।

सन् १९५६ मा इङ्ल्याण्डमा क्रिकेटसम्बन्धी भ्रमणमा आउँदा बीबीसीको तालिममा उनी सहभागी भए र खेलाडी रहँदै बीबीसीसँगको ४० वर्ष लामो सम्बन्धको शुरुवात गरे।

पहिलो खेल उनले सन् १९५२ मा वेष्ट इन्डीजविरुद्ध सिड्नी क्रिकेट मैदानमा खेलेका थिए।

सन् १९६० मा उनले बीबीसीका लागि पहिलो रेडियो टिप्पणी गरेका थिए।

सन् १९६३ मा बीबीसी टेलिभिजनका लागि उनले पहिलो टिप्पणी गरेका थिए।

सन् १९६४ मा सीडनी क्रिकेट मैदानमा उनले साउथ अफ्रिकाविरुद्ध अन्तिम खेल खेलेका थिए।

४२ वर्ष लगातार गरेपछि सन २००५ मा इङ्ल्याण्डमा अन्तिम क्रिकेट टिप्पणी गरेका थिए।

उनले त्यसपछि पनि टिप्पणीकारका रुपमा फर्कने कुरा बारम्बार गरे तर उनका प्रशंसकहरु निराश हुने गरी त्यसो हुन सकेन।