'ज्यान गुमाउनेहरुको संख्या ७,००० नाघ्यो'

  • 2 मे 2015
तस्वीर कपीराइट EPA
Image caption ठूलो क्षति भएकोले भत्किएका संरचनाहरुलाई व्यवस्थित गर्न निकै धेरै समय लाग्ने देखिन्छ।

एकसाता अघि गएको विनाशकारी भूकम्पमा परि मर्नेहरुको संख्या देशभर सात हजार नाघेको छ।

त्यस्तै घाइतेहरुको संख्या १४ हजार नाघेको नेपाल प्रहरीले जनाएको छ।

एकसातासम्म उद्धार र राहतका कार्यक्रम उपत्यकासहित देशभरका ३२ वटै जिल्लामा जारी रहेको छ।

शनिबार मात्रै पनि राहतका सामग्री बोकेर हेलिकप्टरहरु मुख्य प्रभावित जिल्लाहरु नुवाकोट, धादिङ, रसुवा, गोरखा, लम्जुङ, सिन्धुपाल्चोक पुगेको प्रहरीले जनाएको छ।

उद्धार

भूकम्पको केन्द्रविन्दु बनेको बारपार गाउँमा पनि शनिबार नै राहतका सामग्री बोकेर हेलिकप्टर पुगेको छ।

त्यस्तै धादिङ जिल्लामा रेडक्रश ३ जनाको मेडिकल टोलीसहित घाइतेहरुको उपचारका लागि पुगेका छन्।

राहतका सामग्री बोकेर मात्रै होइन, घाइतेलाई उपचारका लागि ल्याउने क्रम पनि जिल्लाहरुबाट बढेको छ।

शनिबार मात्रै लुक्लाबाट २४ जना, चरिकोटबाट ५ जना, दोलखाबाट ५ जना, धादिङबाट २ जना, रसुवाबाट २ जनालाइ उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।