फिफाका कम्प्युटर स्वीस प्रहरीको नियन्त्रणमा

  • 11 जुन 2015
तस्वीर कपीराइट GETTY IMAGES
Image caption फुटबलको विश्वकप आयोजक राष्ट्र चयन गर्ने प्रक्रियामा भ्रष्टाचारको आरोपमा अनुसन्धानहरु भइरहेका छन्

फिफाले सन २०१८ र २०२२ को विश्व कप कहाँ गर्ने भन्ने निर्णयमाथि अनुसन्धान गरिरहेका स्वीस अधिकारीहरुलाई कम्प्युटर तथ्यांक (डेटा) उपलब्ध गराएका छन्।

फुटबलको प्रशासनिक निकाय फिफाको मुख्यालय जुरिखस्थित कार्यालयबाट सूचना नियन्त्रणमा लिइएको हो।

बीबीसीले बुझे अनुसार अध्यक्ष सेप ब्लाटरका कम्प्युटरमा भएका सूचना पनि नियन्त्रणमा लिइएको छ।

फिफाले अधिकारीहरुलाई पूर्ण सहयोग गरेको जनाएको छ।

अनुसन्धान

स्वीस प्रहरीले गत महिना आगामी फुटबल विश्वकपका आयोजक राष्ट्रबारे कसरी निर्णय गरिएको थियो भन्ने खोजिरहेको जनाएको थियो।

अमेरिकी संघीय अनुसन्धान निकाय एफबीआइले पनि फिफाको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ।

अहिलेसम्म १४ जनामाथि ‌आरोप लगाइएको छ; ति मध्ये नौ जना वर्तमान या पूर्व फिफा अधिकारी हुन्।

महासचिव जेरोमी भाल्केका कार्यालयका आइटी तथ्यांक र वित्त प्रमुख मार्कस क्याटनरका पनि कम्प्युटर तथ्यांक स्वीस प्रहरीलाई बुझाइएको छ।

फिफाले आफैले अनुसन्धान शुरु गरेको दोहोर्याएको छ र स्वीस महान्यायाधिवक्ताले फिफालाई ‘घाइते समुह’ भनेका छन्।

अव्यवस्था

जेरोमी भाल्केले भने उनले सन २०२६ को विश्व कप बचाउन चाहन्छन्।

अपराधिक अनुसन्धान सन २०१८मा रुसमा र सन २०२२मा कतारमा गर्ने निर्णय गर्दा पैसाको अव्यवस्था माथि केन्द्रित छ।

दुवै देशले नराम्रो काम गरेको अस्वीकार गरेका छन्।

सन २०२६ मा कुन देशमा विश्वकप गर्ने भन्ने बोलकबोल प्रक्रिया स्थगित गरिएको छ।

भाल्केले बुधबार अहिलेको वातावरणमा प्रक्रिया शुरु गर्नु उपयुक्त नहुने बताएका थिए।

आरोपहरुका बीच ब्लाटरले अध्यक्षको भूमिका छोड्ने घोषणा गरेका छन्।

डिसेम्बर १६ मा हुने चुनावपछि उनको ठाउँमा अर्का अध्यक्ष आउने ठानिएको छ।

पूर्व ब्राजिली खेलाडि जिकोले बुधबार अध्यक्ष बन्ने इक्षा व्यक्त गरेका छन्।