ग्रीसको 'ठोस प्रस्ताव' विहिबार: सिप्रस

  • 9 जुलाई 2015
तस्वीर कपीराइट Reuters
Image caption ग्रीसले ऋण संकट समाधानका लागि विहिबार ठोस प्रस्ताव पेश गर्ने जनाएको छ

ग्रीसका प्रधानमन्त्री एलेक्सिस सिप्रसले 'विश्वशसनीय सुधार' प्रस्तावहरु ऋणदाताहरुसमक्ष विहिबार पेश गर्ने बताएका छन्।

उनी युरोपेली संसदमा ग्रीसको ऋण संकटबारेको बसहमा बोल्दै थिए।

अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टिन लगार्डले ग्रीसको ऋणको पुनसंरचना हुनुपर्ने दोहोर्याएकी छन्।

अमेरिकी अर्थ मन्त्रीले युरोबाट ग्रीस बाहिरिए विश्वव्यापी अर्थतन्त्रमा ठूलो खतरा पुग्ने भन्दै ऋण मोचन महत्वपूर्ण रहेको भनेपछि यो प्रतिक्रिया आएको हो।

सुधार प्रस्ताव

जर्मन चान्सलर एंगेला मर्कलले ऋण मोचन समाधान नभएको बारम्बार दोहोर्याउँदै आएकी छन्।

ग्रीक प्रधानमन्त्री एलेक्सीस सिप्रसले ब्रसल्समा नयाँ सुधारका प्रस्ताव विहिबार पेश गर्ने योजना छ।

ग्रीसले युरो मुद्राबाट बाहिरिनुपर्ने र टाट पल्टिने स्थितिमा नपुग्न तेश्रोपटकका लागि जमानती सहयोग खोजिरहेको छ।

इन्धन र खाद्यान्न

यसैबीच ग्रीक सरकारले खाद्यान्न र इन्धनको आपूर्तिमा कुनै खतरा नरहेको दोहोर्याएको छ।

अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तीमा ग्रीक नागरिक र पर्यटकहरुलाई संबोधन गर्दै भनिएको छ- बजारमा यथेष्ट खाद्यान्न छ र तिनको मूल्य स्थीर रहेको छ।

युरोपेली नेताहरुले ग्रीसले थप आर्थिक सहयोग पाउन विहिबारको दिनलाई गंभीर सुधार योजना बुझाउने अन्तिम मौका भनेका छन्।

सबै २८ युरोपियन युनियन सदस्यबीचको आपतकालीन शीखर बैठक आइतबार बस्दैछ।

ग्रीसले न्यायपूर्ण र संभव समाधानका लागि विश्वशनीय सुधार योजना सहितको ठोस प्रस्ताव पेश गर्ने सिप्रसले बताए।

यसै साताको शुरुमा ग्रीक नागरिकहरुले जनमतसंग्रह मार्फत ऋणदाताहरुको प्रस्ताव अस्वीकार गरेका थिए।