‘एल-नीनोको असर: कमजोर मनसुन’

  • 2 सेप्टेम्बर 2015
एल-नीनोको असर बढिरहेको वैज्ञानिकहरु बताउँछन् तस्वीर कपीराइट Reuters
Image caption एल-नीनोको प्रभाव यसपाली मनसुनमा समेत परेको भारतिय वैज्ञानिकहरुको भनाइ छ

विश्व मौसम संगठन वर्ल्ड मेटेओरोलोजिकल अर्गनाइजेसनले भनेको छ एल-नीनो भनिने मौसमी अवस्थाका कारण अहिले देखिएको मौसमी उतारचढाव सन् १९५० पछिकै सबैभन्दा शक्तिसाली हुन सक्छ।

प्रशान्त महासागरको पानी तातेपनि देखिने मौसमी असर एल-नीनोका कारण अहिले दक्षिण एसियाको मनसुन पनि कमजोर भएको वैज्ञानिकहरुले बताएका छन्।

प्रसान्त महासागरको पानीमा अस्वभाविक तापका कारण सिर्जिने एल-नीनो भनिने मौसमी अवस्थाको प्रभाव विश्वव्यापी रुपमा नै भइरहेको वैज्ञानिकहरुको भनाइ छ।

अनुसन्धानकार्ताहरु भन्छन् प्रसान्त महासागरका केही भागमा तापक्रम सामान्य भन्दा दुई डिग्री सेल्सियस बढ्न सक्छ।

'ठूलो'

सो संगठनको भनाक्षमा एल-नीनोको असर यो वर्षको अन्त्यसम्ममा अझै बढ्न सक्छ।

यस अघि सन् १९९७-१९९८मा एल-नीनोको असर बढी देखिएको थियो।

एक विज्ञप्तीमा विश्व मौसम संगठनले भनेको छ एल-नीनोको असर बढिरहेको देखिन्छ।

“विभिन्न नमुना र रायहरुले के संकेत गर्छन् भने प्रसान्त महासागरको मध्यपुर्वी भागमा तापक्रम बढ्ने क्रम जारी छ। त्यसैकारण यो एल-नीनोको असर सन् १९५० पछिको चौथो ठूलो हुन सक्छ।”

बीबीसीका वातावरण संवाददाता म्याट मक्ग्राथ भन्छन् एल-नीनोको प्रभाव सन् १६०० देखि नै देखिदै आएको थियो।

उनी भन्छन्, अहिले यस्ले पारिरहेका प्रभावको लेखाजोखा गर्ने क्रममा अनुसन्धानकर्ताहरु छक्क परिरहेका छन्।

मनसुन

एल निनोकै कारण एसीयाका कयौ भूभागमा खडेरी पर्न सक्छ भने उत्तर अमेरिकाका कयौ क्षेत्रमा ठूलो बाढी आउने गर्छ।

उनी भन्छ्न्, “एल-नीनोको प्रभावले अफ्रिकाका कुनै भागमा धेरै पानी पर्ने अरुभागमा खडेरी ल्याउन सक्छ।”

भारतीय वैज्ञानिकहरुका अनुसार एल निनोको असरकै कारण यस वर्ष मनसुनको प्रभाव परेको छ।

उनीहरुको भनाइमा यस वर्षको मनसुने वर्षा सामान्य भन्दा १२ प्रतिशतले कम भएको छ।