बेइजिङमा विशाल सैन्य प्रदर्शनी हुँदै

  • 3 सेप्टेम्बर 2015
सैन्य परेड तस्वीर कपीराइट Reuters
Image caption सैन्य परेडमा करिव १२ हजार सेना सहभागी हुने बताइएको छ

चीनले जापानको पराजय र दोस्रो विश्व युध्दको अन्य भएको सत्तरीऔं ७०औं वार्षिकउत्सवको अवसरमा बेइजिङमा विशाल सैन्य प्रदर्शन गर्दैछ।

करिव १२ हजार सेना र २०० हवाइजहाज र ट्याङ्क तथा मिसाइलहरु प्रदर्शित हुने सो कार्यक्रममा स्थानीय नेताहरु सहित रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी हुँदैछन्।

चीनको सरकारी सञ्चार माध्यमका अनुसार ८० प्रतिशत भन्दा बढी सैन्य उपकरणहरु पहिलो पटक सार्वजनिक रुपमा प्रदर्शन गर्न लागिएको छ।

पुर्वी एसीया क्षेत्रमा व्याप्त तनावकामाझ चीनको सैन्य शक्तीलाई सो अवसरमा धेरैले नजिकबाट नियाल्नेछन्।

नीलो आकास

कार्यक्रममा चिनियाँ राष्ट्रपति सी जीनपीङ, ३० जना विदेशी प्रतिनिधि र राष्ट्र प्रमुखहरुसंगै सो प्रदर्शनमा सहभागी हुदैछन्।

बेइजिङको तियाननमेन स्कायरमा रहेकी बीबीसीकी चीन संपादक क्यारी ग्रेसी भन्छिन् बेइजिङको आकास नीलो देखिएको छ।

“कारखानाहरु बन्द छन्, मासु पोल्न प्रतिवन्ध लगाइएको छ, कारहरु रोकिएका छन्। हवाइजहाजहरुलाई कुनै बाधा नपुगोस् भनेर, प्रदर्शनी क्षेत्रमा बेलुन र परेवाहरु पनि उडाउन दिइएको छैन।”

चीनको विशाल सैन्य प्रदर्शनमा रुसी राष्ट्रपति पुटीन दक्षिण कोरियाली राष्ट्रपति पार्क कन हे र संयुक्त राष्ट्रसंघका महासचिव बानकी मुन सहभागी हुँदैछन्।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले खोजी गरिरहेका सुडानका राष्ट्रपति ओमर अल-बशिर र दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा पनि सहभागी हुने अपेक्षा छ।

पुर्वी एसियामा तनाव बढ्ने चिन्ताका माझ जापान विरोधी देखिन सक्ने उक्त प्रदर्शनीमा अमेरिका, ब्रिटेन, अस्ट्रेलिया र जापानका प्रतिनिधि सहभागी छैनन्।