केपी ओलीद्वारा मन्त्रीमण्डल गठन

  • 12 अक्टोबर 2015
तस्वीर कपीराइट bikash karki

नवनिर्वाचीत प्रधानमन्त्री केपी ओलीले सोमबार पद तथा गोपनियताको सपथग्रहण गर्दै ८ सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन्।

राष्ट्रपति रामवरण यादवबाट पद तथा गोपनियताको सपथग्रहण गरे लगत्तै प्रधानमन्त्री केपी ओलीले आठ सदस्यीय मन्त्रीमण्डल गठन गरेका हुन्।

नयाँ मन्त्रीमण्डलमा मधेशी जनअधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष विजयकुमार गच्छदार र राप्रपा नेपालका अध्यक्ष कमल थापा उपप्रधानमन्त्रीका रुपमा सामेल छन्।

सपथ

तस्वीर कपीराइट bikash karki

सोमबार नेकपा एमालेका तर्फबाट तीन जना, एकीकृत माओवादी र राप्रपा नेपालका एक-एक जना नेताले मन्त्रीको रुपमा सपथग्रहण गरेका छन्।

राष्ट्रपति निवास शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामवरण यादवले केपीओलीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।

त्यस लगत्तै प्रधानमन्त्री ओलीले पहिलो चरणको मन्त्रीमण्डल विस्तार गरेका छन्।

नियुक्ती

तस्वीर कपीराइट Reuters

सोमबार मन्त्री नियुक्त एमाले नेताहरुमा अग्नी खरेल, सोमबहादुर पाण्डे र सत्यनारायण मण्डल छन्।

त्यस्तै एकीकृत माओवादीबाट हरिवोल गजुरेल र राप्रपा नेपालका रामकुमार सुब्बाले पनि मन्त्रीको सपथ लिएका छन्।

प्रधानमन्त्रीको सपथग्रहण लगत्तै ओलीलाई संवैधानिक निकायका प्रमुख, कुटनीतिक निकायका प्रतिनिधि सहित विभिन्न दलका प्रतिनिधिले बधाइ दिएका छन्।