विमान प्रकरणःरुसले कसरी जवाफ फर्काउला?

  • 25 नोभेम्बर 2015
तस्वीर कपीराइट
Image caption टर्कीले रुसी लडाकु विमानबाट १७ सेकेण्ड आफ्नो हवाई क्षेत्र उल्लंघन भएको बताएको छ।

करिब आधा शताब्दीयता रुसी विमान खसाल्ने टर्की उत्तर एटलान्टिक सन्धि संगठन नेटोको पहिलो सदस्य मुलुकको रुपमा देखिएको छ।

अब प्रश्न उठ्छ, मस्कोले त्यसको जवाफ कसरी फर्काउने छ?

सिरियासँगको सीमामा आफ्नो लडाकु विमान खसालिएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीलाई “आतंकवादीहरुको मतियार” भनेका छन्।

उनका विदेशमन्त्री सर्गेइ लावरोभले बुधबारका लागि पूर्वनिर्धारित अंकरा भ्रमण रद्द गरेका छन्।

मत्थर

तर संयुक्त राष्ट्रसंघ र नेटोले दुवै पक्षलाई तनाव मत्थर पार्न आग्रह गरेका छन्।

अंकराका अनुसार टर्कीको हवाई क्षेत्र उल्लंघन भएकोबारे रुसी लडाकु विमानलाई १० पटक चेतावनी दिइएको थियो।

यद्यपि मस्कोले त्यस्तो कुनै संवाद नभएको दाबी गरेको छ।

हुन त टर्कीले रुसी लडाकु विमानबाट १७ सेकेण्ड आफ्नो हवाई क्षेत्र उल्लंघन भएको बताएको छ।

दबाब

इस्लामिक स्टेट लडाकु समूहविरुद्ध एकीकृत मोर्चा गठन गर्ने सुरुवात भइरहेका बेला आपसी विवादमा नअल्झिएर लडाकुहरुको साझा खतराबारे केन्द्रित हुन रुस र टर्कीमाथि कूटनीतिक दबाब बढ्न सक्ने देखिन्छ।

यसमा कुनै सन्देह छैन कि रुस र टर्कीबीच कठिन वार्ता जारी रहनेछ।

तर गम्भीर प्रकृतिको प्रतिकार हुने वा नहुने कुरा थोरै प्रष्ट छ।