जलवायु परिवर्तनबारे प्यारिस वार्ता शुरु

  • 30 नोभेम्बर 2015
प्रदर्शन तस्वीर कपीराइट EPA
Image caption प्यारिस सम्मेलन अघि विश्वभर जलवायु परिवर्तन रोक्न माग गर्दै प्रदर्शनहरु भएका थिए

प्यारिसमा राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलनमा राष्ट्रपति बाराक ओबामा अन्य विश्व नेताहरु संगै सहभागी हुन गइरहेका छन्।

विश्व नेताहरुले सोमबार १८० भन्दा बढी देशका प्रतिनिधिहरु सहभागी हुने सम्मेलनलाई सम्वोधन गर्ने कार्यक्रम छ।

दुई सातासम्म चल्ने सम्मेलनले जलवायु परिवर्तनबारे विस्तृत सहमति जुटाउने प्रयास गर्नेछ।

राष्ट्रपति ओबामाले आफू वार्ताका परिणामहरु सकारात्मक हुने कुरामा निकै आशावादी भएको बताएका छन्।

तर चुहिएको एक अमेरिकी दस्तावेजका अनुसार अमेरिकाले कानुनी रुपमा बाध्यकारी हुने कुनै सम्झौतामा हस्ताक्षर गर्ने सम्भावनाहरु निकै कम छ।

'दु:खद'

प्यारिस सम्मेलनबारे एक सहभागीले भनिन्, “अब हामीसँग समय छैन, हामी गम्भीर हुनु पर्छ। प्यारिसमा हामीले कुनै सहमति गरेनौ भने परिणामहरु निकै दु:खद हुनेछन्।

राष्ट्रपति ओबामाले वार्ताका परिणामहरु सकारात्मक हुने बताएको भएपनि ठोस सहमति हुनेमा आशंकाहरु कायमै छन्।

सम्मेलनअघि बाहिर आएको एक अमेरिकी दस्तावेजका अनुसार यसपाली पनि अमेरिकाले कानुनी रुपमा बाध्यकारीहुने कुनै सम्झौतामा हस्ताक्षर गर्ने सम्भावनाहरु निकै कम छ।

सम्मेलन शुरु हुनुअघि विश्वभर सयौं मानिसहरुले जलवायु परिवर्तनबारे ठोस कदम चाल्नु पर्ने माग गर्दै प्रदर्शनहरु गरेका छन्।

एक अभियान समुहका अनुसार विश्वका प्रमुख महादेशहरुमा झण्डै ६ लाख मानिसहरु विभिन्न प्रदर्शनहरुमा सहभागी थिए।

आपत्ती

प्यारिस सम्मेलन चल्दैगर्दा अभियानकर्ताहरुले विश्व तापमानमा बृध्दीहुने क्रमलाई रोक्नु पर्ने माग गरिरहेका छन्।

बीबीसीका एक संवाददाता भन्छन् प्यारिसमा अमेरिकी वार्ताकारहरुले धनी देशहरुले हरित गृह वायु उत्सर्जनका विषयमा गरिव देशहरुको भन्दा बढी जिम्मेवारी लिन आवश्यक छैन भन्ने तर्कहरु अघि सारेपछि वार्ताकारहरु क्रुध्द भएका छन्।

अद्यौगिक क्रान्तिका बेला गरिएको कार्वन उत्सर्जनका कारण विश्व तापमानमा बृध्दीमा ठूलो असर परेको भएपनि अमेरिकाको अहिलेको तर्क छ विकासोन्मुख देशहरुले आउदा वर्षमा सबैभन्दा बढी हरित गृह वायु उत्सजर्न गर्नेछन्।

त्यस्तो अडानप्रति भारत जस्ता देशहरुले आपत्ती जनाइरहेका छन्।