‘आइएसविरुद्ध अहिलेसम्मकै कडा कारवाही’

  • 15 डिसेम्बर 2015
ओबामा तस्वीर कपीराइट EPA
Image caption हाल केहि प्रगति हासिल भइरहेपनि आइएस विरुद्धको लडाईं कठिन भएको ओबामाको भनाइ छ

विरलै दिइने सम्वोधनमा राष्ट्रपति ओबामाले भनेका छन् अमेरिकाले इस्लामिक स्टेट समुहविरुद्धको कारवाहीलाई तीब्र बनाएको छ।

उनका अनुसार नोभेम्बर महिनामा आइएस विद्रोही निशानाहरुमा सबैभन्दा धेरै हवाई आक्रमणहरु गरिएको थियो।

पछिल्ला केहि सातामा अमेरिकी नेतृत्वको गठबन्धनले कयौ आइएस नेताहरुलाई मारिसकेको आइएसले रकम आर्जनको लागि प्रयोग गर्दै आएका तेल भण्डारहरुलाई पनि निशाना बनाइएको उनको भनाइ छ।

उनका अनुसार सन् २०१४को गर्मी महिनामा आइएसविरुद्धको कारवाही शुरु भएयता ९ हजार भन्दा बढी हवाई आक्रमणहरु भइसकेका छन्।

'निमिट्यान्न'

ओबामाले भने, “धेरै स्थानमा आइएसले आफ्ना क्रियाकलाप अघि बढाउने क्षमता गुमाइसकेको छन् किनभने उनीहरुलाई थाह छ हामी उनीहरुका फौजलाई निमिट्यान्न पार्न सक्छौ।”

“वास्तवमा आइएसले आफ्नो कब्जामा रहेको ४० प्रतिशत भूभाग गुमाइसकेको छ र हाम्रो कारवाही शुरु भएपछि आइएसले सिरिया र इराकमा एउटा पनि सफल सैन्य कारवाही गर्न सकेको छैन।”

उनका अनुसार हालैका साताहरुमा गठवन्धन फौजले आइएसको प्रमुख आयस्रोतका रुपमा रहेका तेल केन्द्रहरुमा आक्रमण भएका छन्।

ओबामाले भने, “त्यसक्रममा हामीले उनीहरुका सयौं ट्याकर र ट्रक, तेलका कुवा र तेल रिफाइनरीलाई ध्वस्त बनाएका छौं।”

'पालो'

ओबामा हालै क्यालिफोर्नियामा १४ जनाको ज्यान जाने गरि भएको आक्रमणपछि आफ्ना जनतालाई आश्वस्त पार्ने प्रयास गर्दै थिए।

त्यसक्रममा उनले कारवाहीमा मारिएका आइएस नेताहरुको नामको सूचि पेस गरेका थिए।

उनले भने, “अब आइसील नेताहरु लुक्न सक्दैनन्, उनीहरुलाई हाम्रो सन्देश स्पष्ट छ: अब तिम्रो पालो हो।”

आइएसविरुद्धका कारवाहीलाई तिब्रता दिइएको बताउँदै गर्दा ओबामाले भने अमेरिका र उस्का साझेदारहरुको अगाडीको बाटो निकै चुनौतिपुर्ण छ।