पठानकोट भिडन्तमा ‘६ जनाको मृत्यु’

  • 2 जनवरी 2016
पठानकोट तस्वीर कपीराइट Reuters
Image caption शनिबार सवेरै पठानकोटमा बन्दुकधारीको आक्रमणपछि भारतको पञ्जाव र जम्मु काश्मिरमा सतर्कता बढाइएको छ

भारतको पठानकोट एअरफोर्स बेसमा शनिबार सवेरै आक्रमणमा संलग्न चार बन्दुकधारी फौजी प्रतिकारको क्रममा मारिएको बताइएको छ।

कारवाहीमा दुई भारतिय सुरक्षाकर्मीको पनि मृत्यु भएको खबर छ।

तर सेनाले त्यो खबरको पुष्टी गरिसकेको छैन।

भारतीय प्रहरीका अनुसार पाकिस्तान सीमा नजिकै रहेको एअरफोर्स बेस (हवाई सेनाको आधार कार्यालय)मा सवेरै बन्दुकधारीले आक्रमण गरेका थिए।

सो हवाई अड्डा जम्मु काश्मिर जाने राजमार्ग नजिकै पर्दछ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शान्ति वार्ता थाल्न अचानक पाकिस्तानको लाहोर भ्रमण गरेको केहि दिनलगत्तै पछिल्लो आक्रमण भएको छ।

बीबीसी हिन्दीका अनुसार पंजाब बोर्डर रेन्जका प्रहरी उपमहानिरिक्षक विजय कुंवर प्रताप सिंहले घटनामा चारजना हमलाकारी मारिएको पुष्टि गरेका छन्।

मुठभेड

पीटीआई समाचार एजेन्सीले पंजाब पुलिस सहित पुलिस महानिर्देशक एच.एस. डिल्लनलाई ददृत गर्दै "मुठभेड समाप्त" भएको जनाएको छ।

हमलाकारीसँग सामना गर्न भारतीय सेनाको चार टुकडी बोलाईएको थियो। सेनाको कमाण्डो इकाई र हेलिकोप्टरहरु पनि प्रयोग गरिएको थियो।

उपमहानिरिक्षक सिंहले बीबीसीलाई भने- "अकालगढ नजिकै रहेको एयरफोर्स बेसमा शनिबार विहानै हतियारधारीले आक्रमण गरेका थिए।"

एएफपी समाचार एजेन्सीले सुरक्षा अधिकारीलाई उदृत गर्दै भनेको छ- "हमलाकारीसँग थुप्रो हतियार थियो, उनीहरु एयरबेसलाई ठूलो क्षति पुर्याउन चाहन्थे तर हामी उनीहरुलाई रोक्न सफल भएका छौं।"

अधिकारीहरु भन्छन्- “यिनीहरु जैश-ए-मोहम्मद सम्बद्ध अतीटवादी हुन् भन्ने हामी ठान्छौं।”

सरकारी टीभी च्यानल दूरदर्शनका अनुसार शनिबार सवेरै तीन बजे अकस्मात हमला भएको थियो।

सैनिक पोशाक

पठानकोट पाकिस्तान सीमाको नजिक पर्छ र भारत प्रशासित कश्मीरलाई देशको अन्य हिस्सामा जोड्ने सडक छेउमा हवाई फौजको कार्यालय छ।

स्थानीय मीडियाका अनुसार हमलाकारीले भारतीय सेनाको पोशाक लगाएका थिए र उनीहरुले हमला थाल्न एक अधिकारीको कार प्रयोग गरेका थिए।

आक्रमण लगत्तै सुरक्षा फौजले सो क्षेत्र घेरेका थिए र जम्मू-पठानकोट राजमार्गमा गश्ती बढाइएको थियो।

पंजाब र जम्मू-कश्मीरमा उच्च सुरक्षा सतर्कता 'रेड अलर्ट' जारी गरिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको पाकिस्तान यात्राको आठ दिन पछि हमला भएको छ।