पुनर्निर्माण प्राधिकरणमा जनशक्ति अभाव

  • 26 जनवरी 2016

भूकम्पपछिको पुनर्निर्माणको काम गर्न गठन गरिएको पुनर्निमाण प्राधिकरणले जनशक्ति र बजेटको अभावका कारण आफुले थालेका काम प्रभावित भएको जनाएको छ।

हालै पुनर्निमाणको महाअभियान थालेको प्राधिकरणले आवश्यक पर्ने जनशक्ति र बजेटका लागी सम्वन्धित मन्त्रालयलाई लेखी पठाएको भए पनि हाल सम्म उपलब्ध नगराइएको बताइएको छ।

जनशक्ति व्यवस्थापनको जिम्मा पाएको सामान्य प्रशासन मन्त्रालयले एक हप्ता भित्र कर्मचारी पठाउने प्रक्रिया अन्तिम चरणमा रहेको जनाएको छ।

लामो समयको प्रतिक्षा पछि प्राधिकरणले प्रमुख कार्यकारी अधिकृत पाएको १ महिना पुगेको छ।

प्राधिकरणको राजनितिक संरचनाले आकार पाए सँगै स्विकृत भएको बजेट र कर्मचारी भने प्राधिकरणले हाल सम्म नपाएको जनाएको छ।

जसका कारण हालै थालिएको पुनर्निमाणको महाअभियानको काम प्रभावित भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले बताए।

समस्या

उनले भने "काम गर्ने भनेको जनशक्तिको व्यवस्थापन गरेरै हो अहिले सम्म कर्मचारीको व्यवस्थापन हुन नसक्दा र बजेट नहुँदा प्राधिकरणलाई समस्या परेको छ कामहरु अघी बढन सकेका छैन्न्।"

२ सय ८ जना कर्मचारीको दरवन्दी स्विकृत भएकोमा हाल एक जना कायम मुकायम सचिव सहित ५ जना कर्मचारी मात्र प्राधिकरणले पाएको छ।

प्राधिकरणको ढाँचा अनुरुपको कर्मचारी पठाउन ताकेता गरीएको भए पनि हालै अधिकृत स्तरका २० जना कर्मचारी खटाइएको पत्र मात्र प्राधिकरणले पाएको भए पनि कर्मचारीहरु हाजिर हुन आएनसकेको बताइएको छ।

कर्मचारी पठाउने काम शुरु भैसकेको र आवश्यक अरु कर्मचारी पठाउने काम प्रक्रियामै रहेको भनाई छ सामान्य प्रशासन मन्त्री रेखा शर्माको।

उनले भनिन् "जति उहाँहरुले माग गर्नु भएको छ त्यो सबै कर्मचारी पठाउने कुरामा मोटा मोटी तयारी भएको छ सहसचिव लागायतकाको नतिजा पनि हुँदै छ सबैको एकीन संख्या निकालेर यो हप्ता भित्र सबै काम सक्छौं।"

प्रक्रिया

स्वीकृत भएको बजेट पनि माग गरेर पठाइको र सम्वन्धित मन्त्रायलय मार्फत आउने प्रक्रियामा रहेको बताइएको छ।

पुनर्निर्माणको महाअभियान थाल्दा राजधानी केन्द्रित काम मात्र गरेको भन्दै आलोचना भएको प्रधाकिरणले आफ्नो कार्यक्षेत्रमा पर्ने ३१ वटा जिल्लाका लागी स्थापना गर्ने भनेको ७ वटा उपक्षेत्रीय कार्यालयको घरको व्यवस्थापनको काम शुरु भएको जनाएको छ।

बजेट र कर्मचारी जति छिटो पाइन्छ त्यती नै छिटो ति कार्यालय स्थापना हुने प्राधिकरणले जनाएको छ।