क्रिकेट: न्यूजिल्याण्ड विरुद्ध नेपालको जित

  • 28 जनवरी 2016
तस्वीर कपीराइट can
Image caption नेपालका युवा क्रिकेट खेलाडिहरुले बांग्लादेशमा महत्वपूर्ण जित हात पारेका छन्

बांग्लादेशमा यू १९ विश्व क्रिकेट प्रतिस्पर्धामा नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र न्यूजिल्याण्डलाई ३२ रनले हराउँदै विजयी शुरुवात गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २३८ रन बनाएको थियो।

उक्त स्कोर बनाउन कप्तान राजु रिजालले ४८ रन, सन्दिप सुनार र आरिफ शेखले ३९/३९ रनको योगदान दिएका थिए।

२३९ रनको लक्ष्यसहित मैदानमा उत्रिएको न्यूजिल्याण्ड ४७.१ ओवरमा सबै विकेट गुमाउँदै २०६ रनमा समेटिएको हो।

भावि कार्यक्रम

बांग्लादेशमा भइरहेको आइसीसी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले खेलेको पहिलो खेलमा जित हासिल गरेको हो।

बलिङका क्रममा दिपेन्द्र सिंह ऐरीले तीन विकेट लिएका थिए भने प्रेम तामाङले दुइ विकेट लिएका थिए।

न्यूजिल्याण्डका तीन खेलाडि रन आउट भएका थिए।

बांग्लादेशमा भइरहेको विश्वकपमा नेपालले १६ गते आयरल्याण्ड र १८ गते भारतसँग खेल्ने तालिका छ।