कांग्रेस सभापति कोइरालाको निधन

  • 9 फेब्रुअरी 2016
sushil तस्वीर कपीराइट Bikash karki
Image caption सुशील कोइराला पछिल्लो समय पार्टीको महाधिवेशनका लागि सक्रिय थिए।

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधन भएको छ।

कोइरालाको राजधानीको महाराजगञ्जस्थित उनकै निवासमा राति १२ बजेर ५० मिनेटमा निधन भएको उनका निजी चिकित्सक डा. करबीर योगीले बीबीसीलाई बताए।

न्यूमोनियाका कारण कोइरालाको निधन भएको योगीले बताए।

क्यान्सर र क्षयरोगबाट पनि पीडित कोइराला पछिल्लोपटक ती रोगबाट पूर्ण रुपमा मुक्त भएको बताइएको थियो।

पछिल्लो चार दिनदेखि ज्वरो आउने लगायत स्वास्थ्यमा खराबी देखिएपछि उनको उपचार भइरहेको योगीले बताए।

कोइरालाको उपचारका क्रममा महाराजगञ्जस्थित उनकै निवासमा निधन भएको हो।

कोइरालाको निधनसंगै कांग्रेसको महाधिवेशनबारे अन्योल उत्पन्न भएको छ।