पोप फ्रान्सिसद्वारा डोनल्ड ट्रंपको आलोचना

  • 19 फेब्रुअरी 2016
पोप फ्रान्सिस तस्वीर कपीराइट AFP
Image caption पोप फ्रान्सिस मेक्सिकोबाट रोम जाने उडानका क्रममा विमानमा बोल्दै थिए

पोप फ्रान्सिसले रिपब्लिकनकोतर्फका अमेरिकी राष्ट्रपति पदका आकांक्षी डोनल्ड ट्रम्पको चर्को आलोचना गरेका छन्।

मेक्सिकोबाट रोमतर्फ फर्कने क्रममा उनले पर्खाल बनाउनेबारे सोच्ने तर पुलहरु बनाउन नचाहाने व्यक्ति ईसाई हुन नसक्ने बताए।

खर्बपति व्यापारी ट्रम्पले अमेरिकामा गैरकानुनी रुपमा बसिरहेका आप्रवासीलाई उनीहरुकै देश फर्काउनुपर्ने धारणा राख्दै आएका छन्।

उनले भ्याटिकनको प्रतिक्रिया लाजमर्दो भएको भनि टिप्पणी गरेका छन्।

विवाद

आफ्नो मेक्सिको भ्रमणका क्रममा पोप फ्रान्सिसले मानविय संकटहरु, मूख्य रुपमा हिंसाका कारण देश छाडेर भाग्न बाध्य र लागुपदार्थको तस्करीमा फसेका मानिसहरुबारे धारणा राखेका थिए।

अमेरिका जाने क्रममा वेपत्ता भएका मानिसहरुको सम्मानमा उनले तीन स्थानमा आशिर्वाद समेत दिए।

तर जसै पोप रोमतर्फ फर्कन लागे उनलाई हालै अमेरिकी राष्ट्रपति पदका आकांक्षी डोनल्ड ट्रम्पले दिएको अभिव्यक्तिका बारेमा प्रश्नहरु सोधिएको थियो।

उनको टिप्पणीप्रति प्रतिक्रिया दिंदै ट्रम्पले पोपलाई एक "राजनीतिज्ञ तथा आप्रावसी मामिलामा मेक्सिको सरकारको गोटी" भएको आरोप लगाएका थिए।

आफू निर्वाचित भए अमेरिकाको सीमा इलाकामा पर्खाल लगाउने र गैरकानुनी आप्रवासीलाई फर्काउने उनले घोषणा गरेका थिए।

ईसाइ

तस्वीर कपीराइट Reuters
Image caption डोनल्ड ट्रम्पले चाँहि पोपको टिप्पणी लाजमर्दो भएको बताएका छन्।

पोप फ्रान्सिसलाई सोधिएको थियो, “के अमेरिकन क्याथोलिकहरुले ट्रम्पलाई मतदान गर्न हुन्छ?”

त्यसको जवाफमा उनले आफू कसैको गोटी भए-नभएको अरुले निर्क्यौल गर्ने विषय रहेको बताए।

तर उनले थपे, “एक जना व्यक्ति जो पर्खाल लगाउने कुरा गर्छ, जहाँ सुकै किन नहोस, तर पुल बनाउने कुरा गर्दैन उ ईसाई हुन सक्दैन्। यशुको उपदेशमा यस्तो भनिएको छैन। तपाइँले मत हाल वा नहाल भनेर जे सोध्न चाहानुभयो त्यसमा म संलग्न हुन चाहान्न। म यति मात्र भन्छु कि यदि उनले त्यस्ता कुरा भनेका हुन् भने उनी ईसाई होइनन्।”

पोपले उनले ट्रम्पले उनले कस्तो अभिव्यक्ति दिएका थिए आफूले हेर्न बाँकी नै रहेको उल्लेख गर्दै उनलाई शंकाको लाभ दिने पनि उल्लेख गरे।

तर उनको अभिव्यक्तिप्रति बोलक्कड ट्रम्पको प्रतिक्रिया आइहाल्यो।

ट्रम्पले पोपको प्रतिक्रिया लाजमर्दो भएको भन्दै यदी इस्लामिक स्टेट विद्रोहीले भ्याटिकनमा हमला गरे ट्रम्प राष्ट्रपति बनोस भन्ने कामना र प्रार्थना पोप स्वयंले गर्नेछन् भन्ने धारणा राखे।

उनको भनाई थियो, “यदी आइसीस विद्रोहीले कुनै दिन आफ्नो अन्तिम लक्ष्य हासिल गर्न भ्याटिकनमा आक्रमण गरे भने, म प्रतिज्ञा गर्छु, पोपले भन्नेछन् - डोनाल्ड ट्रम्प राष्ट्रपति भएको भएको कति राम्रो हुन्थ्यो।”