यमनी यहुदीहरुको उद्धार

  • 21 मार्च 2016
तस्वीर कपीराइट Arielle DiPorto para La Agencia Judia para Israel
Image caption जुइश एजेन्सीका अनुसार सन् २००८ पछि यमनी यहुदीमाथिको आक्रमण वढेको हो

यहुदीहरुको एउटा संस्था जुइश एजेन्सीले भनेको छ, उसले १९ जना यहुदीहरुलाई यमनबाट बाहिर निस्कन सघाएको छ।

एजेन्सीले उक्त जटिल र गोप्य भनिएको उद्धार कार्यका सम्बन्धमा थोरै मात्र जानकारी दिएको छ।

उक्त निकायका अनुसार हालैका दिनहरुमा १९ जना यमनी यहुदीहरु इजरेल पुगेका छन् र तिनीहरुमा एकजना धर्मगुरु पनि छन्।

ती यहुदी धर्मगुरुले आफ्नो साथमा यहुदीहरुको धर्मग्रन्थ टोराको एउटा पांचसय बर्ष पुरानो पाण्डुलिपी पनि ल्याएका छन्।

अस्विकार

तस्वीर कपीराइट

जुइश एजेन्सीका अनुसार ती यमनी यहुदीहरु आइतबार बेलुकी इजरेल पुगेका थिए।

उक्त गैर नाफामूलक संस्थाका अनुसार ५० जना जति यहुदीहरुले यमनमा नै बस्ने निर्णय गरेका छन्।

ती मध्ये ४० जना जति राजधानी सानामा अमेरिकी दुतावाससंगै जोडिएको भवन परिसरमा छन् र तिनीहरुलाई यमनी अधिकारीहरुले सुरक्षा दिएका छन्।

बसाइँ

सन् १९४८ देखि यमनबाट ५१ हजार यहुदीहरुले इजरेलमा बसाइँ सरिसकेका छन्।

तस्वीर कपीराइट

यमनमा संसारका सबैभन्दा पुराना मध्येको एक यहुदी बस्ती रहेको छ।

सन् २००८ मा एकजना यहुदी शिक्षक मोशे याइश नहारीको यमनको रेदा नगरमा हत्या भएयता, हालैका बर्षहरुमा त्यहां यहुदी समुदाय माथिको हमलामा पनि बृद्धि भैरहेको थियो।

झण्डै एकबर्ष अघि यमनी सरकार र विद्रोही हुथी आन्दोलनबीचको द्वन्द्व चर्किएपछि त्यहां साउदी नेतृत्वको गठबन्धनले सैनिक हस्तक्षेप गरेको छ।

त्यसयता यहुदी समुदायले बढ्दो रुपमा आफूलाई असुरक्षित महशुस गरिरहंदा तिनीहरुलाई यमनबाट बाहिर ल्याउने प्रयासलाई पनि तिब्र पारिएको थियो।