'चीनले साइबर युद्ध गर्न सक्षम सेना बनाउने'

  • 13 मे 2016
तस्वीर कपीराइट Reuters
Image caption अहिले चीनको पिपल्स लिबरेशन आर्मीले आधुनिकिकरण गर्ने ठूलो कार्यक्रम शुरु गरेको छ

चीनले आफ्नो सेनामा सुधार गर्ने र सन् २०२० सम्म साइबर युद्ध गर्न सक्षम सेना बनाउने बताएको छ।

चीनको केन्द्रिय सैनिक आयोगले प्रकाशन गरेको ५ वर्षे योजनाले पिपल्स लिबरेसन आर्मीलाई विश्वस्तरको सैनिक शक्ति बनाउनु उक्त आयोगको उद्देश्य रहेको बताएको छ।

करीब २० लाख सैनिक कार्यरत रहेको चीनको सेना संसारको सबैभन्दा ठूलो हो।

दक्षता

४ वर्ष भित्रमा इन्टर्नेट सञ्जालमा हुने साइबर युद्धमा भाग लिन सक्षम हुने उद्देश्यले उसले सूचना प्रविधि र कम्प्युटर प्रविधिमा आफ्नो दक्षता बढाउँदैछ।

३ लाख सैनिक घटाएर र अझै आधुनिक हातहतियारमा लगानी गरेर सेनाको युद्ध कौशल छरितो बनाउन चाहेको चीनको नेतृत्वले बताएको छ।

चीनियाँ सेनामा अहिले बीस लाख सैनिकहरु छन्।

पूर्वी र दक्षिणी चीन सागरमा भूभागबारे जारी विवादको प्रतिक्रियामा चीनका वायु र नौसेनामा थप श्रोत साधन केन्द्रित गरिनेछन्।

पूर्वी र दक्षिण चीन सागरमा छिमेकीहरुसंग भूभागसंबन्धी विवाद जारी रहँदा चीनले नौसेना तथा वायु सेनामा पनि थप लगानी गर्ने बताइएको छ।