रमजान: परीक्षाको घडी

  • 16 जुन 2016
तस्वीर कपीराइट .

ब्रिटेनमा मुसलमान विद्यार्थीहरुलाई रमजानको समयमा परीक्षालाई प्राथमिकता दिन भनिएको छ, तर निराहार व्रत कैयौँ विद्यार्थीहरुको उच्च अंक ल्याउने आकांक्षाको वाधक बन्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।

शिक्षकहरुको एउटा युनियनले रमजान र परीक्षाको तिथि जुधेकोमा चिन्ता जनाएको छ।

जिसिएसइ परीक्षामा ब्रिटेनका १४ देखि १६ वर्षसम्मका विद्यार्थी सहभागी छन्।

धेरै धार्मिक र शैक्षिक समुदायका कैयौँले कठिनाइ सामना गरिरहेका विद्यार्थीहरुलाई उनीहरु प्रत्येक दिन व्रतमा बस्नुपर्दैन भनिरहेका छन्।

धेरै विद्यार्थीका लागि आफ्नो आस्था र परीक्षामध्ये एउटा रोज्न गाह्रो बनिरहेको छ।

कठिन

जसले व्रत नबस्ने निर्णय लिएका छन् उनीहरुले परीक्षा सकिएपछि व्रत बसेर त्यसको क्षतिपूर्ति दिने बताएका छन्।

तस्वीर कपीराइट PA

बालिग अवस्थामा पुगेपछि प्रत्येक मुसलमानहरु एक महिनासम्म निरहार बस्न योग्य ठानिन्छन्।

यो भनेको घाम लागेदेखि सूर्य नअस्ताउँदासम्म केही पनि खान वा पिउन नहुने बुझिन्छ।

यो इस्लाम धर्मको प्रमुख मान्यता पनि हो।

हाल उत्तरपूर्वी ब्रिटेनको नेल्सन, ल्याङकुसरका जैनब र आयशा यति बेला परीक्षाको तयारीका क्रममा दोहोर्याएर पढिरहेका छन्।

उनीहरु साधारणतया ३० वा त्यस्तै दिनसम्म पहिले व्रतमा बस्थे। तर जैनब भन्छिन्, यस पटक उनी पुरै अवधि व्रत बस्ने छैनन्।

उनले भनिन्, “मलाई दु:ख लागिरहेको छ, म बस्न सक्दिनँ, तर पनि मैले के महसुस गरेको छु भने परीक्षाका दिन व्रत नबस्दा हुन्छ र परीक्षा नभएका दिन भने म व्रत बस्छु।”

उनी चिकित्साशास्त्र अध्ययन गर्न चाहन्छिन्।

चुनौती

विद्यार्थीहरु परीक्षामा राम्रो गर्न चाहन्छन्, तर निराहार बस्दा उनीहरु त्यसो गर्न सफल नहुने चिन्ताहरु व्यक्त गरिएको छ।

तस्वीर कपीराइट Reuters

त्यही भएर एउटा शैक्षिक संगठन, एशोसिएसन अफ स्कूल एण्ड कलेज लिडर्स, ले आफ्ना सबै सदस्यहरुका नाममा सूचना जारी गरेको छ।

तथ्याकंहरु संकलन गरेकी एना कोल भन्छिन्, शिक्षा भनेको इस्लाम धर्मावलम्बीहरुका आफ्नो आस्था पालना गर्नु जस्तै धार्मिक र नैतिक दायित्वको हो।

उनले भनिन, “यदि यो वर्ष निराहार बस्दा तपाइहरुको परीक्षामा असर पर्छ, यदि त्यसले तपाइहरुको स्मरणशक्ति, ध्यान र एकाग्रतामा ह्रास ल्याउँछ भने युवा मुसलमानहरुलाई इस्लाम धर्मले उनीहरुलाई आफ्नो भविष्यमा दाउमा राख भनेर भन्दैन भनिनुपर्छ।”

क्षतिपूर्ति

तस्वीर कपीराइट EPA

नेल्सनमा बस्ने जैनबलाई यस पटक निर्णय गर्न एकदमै गाह्रो भयो तर उनलाई परिवारबाट दह्रो साथ मिलिरहेको छ।

“शुरुमा म व्रत बस्न चाहन्थेँ किनभने मलाई लाग्थ्यो त्यसबाट मैले आशीर्वाद पाउँछु।”

तर आफ्ना पितासँग कुरा गरेपछि उनी व्रत नबस्ने निर्णयमा पुगिन्।

कमल हनी अधिकांश विद्यार्थी मुसलमान भएको एउटा विद्यालयका प्रधानाध्यापक हुन्।

उनलाई एशोसियसन अफ स्कूल एण्ड कलेज लिडर्सले सम्पर्क गरेको थियो।

उक्त संगठनले उपलब्ध गराएका सूचनाहरुले विद्यार्थी र उनीहरुका अभिभावकलाई छलफलको एउटा आधार दिएको उनको भनाइ छ।

उनले भने, “प्रत्येक विचारधारामा सबैको सहमति नहुन सक्छ तर कैयौँ छुटहरु उपलब्ध गराउन तयार छन्। तर यो कलिला युवाहरुलाई त्यहाँ धेरै खालका धारणाहरु छन् र तिमी विद्यालय गए आफ्ना इमामलाई उनीहरुलाई के ठिक लाग्छ भनेर प्रश्न गर भन्ने मौका हो।”

जैनब र आयशा जस्ता विद्यार्थीहरुले आफ्नो परीक्षा सकिएपछि छुटेका दिनको व्रत फेरि बस्नेछन्।