राष्ट्रिय टोलीबाट नखेल्ने मेस्सीको घोषणा

  • 27 जुन 2016
messi तस्वीर कपीराइट AFP
Image caption राष्ट्रिय टोलीलाई कोपाको उपाधि जिताउन नसकेपछि मेस्सी निराश भएका थिए

अर्जेन्टिना र बार्सिलोनाका २९ वर्षे फरवर्ड लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्।

कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा चिलीविरुद्ध पेनाल्टीमा गोल गर्न नसकेपछि यी विश्वप्रसिद्ध फुटबल खेलाडी अर्जेन्टिनी टेलिभिजनसंग कुरा गर्दै थिए।

चिलीसंग अर्जेन्टिना ‘टाइब्रेकर’मा पराजित भएको थियो।

उनले भने, “मेरो लागि राष्ट्रिय टोलीबाट खेल्ने विषय सकिएको छ। मैले जति सक्छु, त्यति गरेँ। विजेता हुन नपाउंदा चित्त दुख्छ”।