‘भोटेकोशी बाढीका कारण लिपिङ क्षेत्रमा क्षति’

  • 6 जुलाई 2016
कोदारीको मितेरी पुल र भोटेकोसी नदी। (फाइल फोटो) तस्वीर कपीराइट
Image caption कोदारीको मितेरी पुल र भोटेकोसी नदी। (फाइल फोटो)

मंगलबार राति भोटेकोशी नदीमा आएको बाढीले लिपिङ बजार र त्यहाँदेखि दक्षिणतिर अरनिको राजमार्गमा ठाउँ-ठाउँमा ठूलो क्षति पुराएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीले बताएका छन्।

प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीका अनुसार बाढीले लिपिङ बजारमा करीब २० घरमा क्षति पु-याएको छ भने अरनिको राजमार्गमा ठाउँ ठाउँमा कटान भएको छ, जसका कारण लिपिङसम्मको सडकमार्ग अवरुद्ध हुन पुगेको छ।

कटान

दुवाडीले भने, “अहिले नदीमा बाढीको तह अलि घटेको छ, तरपनि ठाउँ ठाउँमा सडक कटान भइरहेको छ।”

“अहिले जुरेमा एकतर्फी आवागमनको लागि सडक खोलिएको छ। जम्बुसम्म पुग्न सकिन्छ, तर लिपिङसम्म जानका लागि तत्कालै बाटो खोल्न सकिने अवस्था छैन।”

बाढीले लिपिङमा २ वटा साना ट्रक र बाह्रबिसेमा २ वटा साना मोटर बगाएको पनि दुवाडीले बताए।