कुन विश्व नेतासँग तपाईं मिल्दोजुल्दो हुनुहुन्छ?

  • 7 नोभेम्बर 2016

बीबीसी मनिटरिङले भेला पारेको तथ्याङ्कका आधारमा विश्वका १९५ नेताहरुमध्ये कोसंग तपाईं मिल्दोजुल्दो हुनुहुन्छ? पत्ता लगाउनुहोस्।

अमेरिकामा नयाँ नेता निर्वाचित हुँदै गर्दा, संसारको सबैभन्दा शक्तिशाली व्यक्तिको तुलनामा तपाईं आफूलाई कस्तो ठान्नुहुन्छ? के तपाईं उनीहरुभन्दा बढी शिक्षित हुनुहुन्छ? उनको भन्दा तपाईंको उमेर बढी वा कम के छ? आफ्नो काममा के तपाईंको बढी अनुभव छ?

उमेर

शिक्षा

काममा बिताएको समय

विधि:

१९५ देशका नेताहरुको उमेर, शिक्षा तथा पदावधि बीबीसी मनिटरिंगले जम्मा पारेको हो। त्यो तथ्यांक अन्तिम पटक १५ सेप्टेम्वर २०१६ मा अद्यावधिक गरिएको थियो।

जन्म मिति वा शिक्षाबारे सूचना उपलब्ध हुन नसकेका नेताहरुलाई सामेल गरिएन।

यो कार्यका लागि देशका नेता भन्नाले यथार्थमा उक्त देशको धेरै शक्ति प्राप्त व्यक्ति हो।

सान मारिनोको हकमा जहाँ दुई राष्ट्रप्रमुख हुन्छन् र दुवैले उत्तिकै शक्ति प्रयोग गर्छन् - एकजनालाई त्यत्तिकै छानियो।

अधिकांशको हकमा पदको शपथ लिएको वा पद सम्हालेको मितिलाई नेता शक्तिमा रहेको प्रारम्भिक मितिको रुपमा लिइएको छ।

क्रेडिट: नासोस स्तालियानु, एड लोथर, एलिसावेटा टोलार्डो र जन वाल्टनद्वारा तयार पारिएको। तथ्याङ्क अनुसन्धान: बीबीसी मनिटरिङको अनुसन्धान टीम डिजाइन: टम नर्स, गेरी फ्लेचर र जो बार्थोलोम्यु थप मदत: स्टेभेन कोनर तथा बेकी रश