ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित

  • 9 नोभेम्बर 2016
whitehouse
Image caption ट्रम्पले जनवरी २० देखि ह्वाइट हाउसको औपचारिक कार्यभार सम्हाल्नेछन्

अमेरिकाको ४५ औं राष्ट्रपतिका रुपमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प निर्वाचित भएका छन्।

उनको जितलाई धेरैले आश्चर्यको रुपमा हेरेका छन्।

४५ वटा राज्यको परिणाम प्रष्ट भइसक्दा ट्रम्पले जितका लागि आवश्यक २७० इलेक्टोरल मतभन्दा बढी मत प्राप्त गरेका छन्।

उनकी डेमोक्र्याटिक प्रतिद्वन्द्वी हिलरी क्लिन्टनले २१८ इलेक्टोरल मत पाएकी छन्।

इतिहास

७० वर्षे व्यापारी ट्रम्पले जनवरी २०, २०१७ मा शपथ लिएर औपचारिक रुपमा अमेरिकी राष्ट्रपतिका रुपमा काम थाल्नेछन्।

ट्रम्पले यसअघि निर्वाचित सार्वजनिक पद र सेनामा कहिल्यै काम गरेका थिएनन्।

त्यस्तो पृष्ठभूमि नभएको व्यक्ति अमेरिकामा राष्ट्रपति चयन भएको यो पहिलोपटक हो।

रिपब्लिकन वा डेमोक्र्याटिक कुन पक्ष भनेर नखुलेका राज्यहरुले ट्रम्पलाई जिताएपछि उनको ह्वाइट हाउस यात्रा सहज भएको हो।

फ्लोरिडा, ओहायो र नर्थ क्यारोलाइनामा उनले जित हात पारेका थिए।

राष्ट्रपति पदमा कसरी विजयी भए डोनल्ड ट्रम्प

तपाईंको ब्राउजरले यो अन्तक्रियात्मक सामाग्री हेर्न मिल्दैन। हाम्रो नतिजासम्बन्धी यो सामग्री हेर्न तपाईंसंग जाभास्क्रिप्ट सक्रिय पारिएको आधुनिक ब्राउजर हुनैपर्छ

डोनल्ड ट्रम्पले कहाँ कहाँ कति मत पाए

रिपब्लिकन

तपाईंको ब्राउजरले यो अन्तक्रियात्मक सामाग्री हेर्न मिल्दैन। हाम्रो नतिजासम्बन्धी यो सामग्री हेर्न तपाईंसंग जाभास्क्रिप्ट सक्रिय पारिएको आधुनिक ब्राउजर हुनैपर्छ

हिलरी क्लिन्टनले कहाँ कहाँ कति मत पाइन्

डेमोक्रयाट्

तपाईंको ब्राउजरले यो अन्तक्रियात्मक सामाग्री हेर्न मिल्दैन। हाम्रो नतिजासम्बन्धी यो सामग्री हेर्न तपाईंसंग जाभास्क्रिप्ट सक्रिय पारिएको आधुनिक ब्राउजर हुनैपर्छ

प्रभाव

ट्रम्पको जितको खबरसंगै अन्तर्राष्ट्रिय बजारहरुमा त्यसको प्रभाव परेको छ।

तस्वीर कपीराइट Reuters
Image caption हिलरी क्लिन्टनले ट्रम्पलाई फोन गरेर बधाई दिएको बताइएको छ

अमेरिकी डलरको भाउ घटेको छ।

सम्बोधन

ट्रम्पले आफ्नो चुनावी मुख्यालयमा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै जनताको अपेक्षामा खरो उत्रने बताए।

उनले अमेरिकाको आर्थिक वृद्धिदर दोब्बर पार्ने प्रतिवद्धता जनाए।

उनले आफूसंग चुनावी अभियानका क्रममा असहमतहरुसंग मिलेर मुलुकलाई एकतावद्ध पार्न काम गर्ने बताए।

उनले डेमोक्र्याटिक उम्मेदवार हिलरी क्लिन्टनले आफूलाई फोन गरेर बधाई दिएको भन्दै मुलुकका लागि उनले गरेको सेवाको प्रशंसा गरे।