सारकोजी प्रतिस्पर्धाबाट बाहिर

  • 21 नोभेम्बर 2016
तस्वीर कपीराइट Reuters
Image caption फियोँले चुनावी अभियानका अन्तिम दिनहरुमा अनपेक्षित रुपमा समर्थन पाइरहेका छन्

फ्रान्समा राष्ट्रपति चयनका लागि अर्को वर्ष हुने चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार चयनका लागि दुई पूर्व प्रधानमन्त्रीहरु दोस्रो चरणको चुनावी दौडमा उत्रँदै छन्।

आउँदो आइतबार हुने अर्को चरणको चुनावमा पूर्वप्रधानमन्त्रीहरु फ्राँस्वा फालोँ र एलाँ जुप्पे भिड्दै छन्।

फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सारकोजी भने चुनावको प्रारम्भिक दौडबाटै बाहिरिएका छन्।

मध्य दक्षिणपन्थी रिपब्लिकन पार्टीको देशव्यापी रुपमा भएको प्रारम्भिक प्रतिस्पर्धामा सारकोजी जम्मा २१ प्रतिशत मत ल्याएर तेस्रो स्थानमा आएका हुन्।

प्रतिस्पर्धा

तस्वीर कपीराइट AFP
Image caption जुप्पेले 'प्राइमरी' चुनावमा २८ प्रतिशत मत ल्याएका थिए

यसको अर्थ अब सारकोजीले अर्को आइतबार पार्टीको तर्फबाट उम्मेदवार चयनका लागि हुने चुनावमा भाग लिन पाउने छैनन्।

मतदान सम्पन्न भएको केही घण्टापछि बोल्दै उनले भने, "मैले आफ्ना बहुमत मतदाताहरुलाई आश्वस्त पार्न सकिनँ। म उनीहरुले आफ्ना भावि नेता चयनका लागि जुन निर्णय गरे त्यसको सम्मान गर्छु।"

यद्यपी फ्रान्सले आफ्नो मध्य दक्षिणपन्थी उम्मेदवार दुईजना पूर्वप्रधानमन्त्रीहरु फ्राँस्वा फालोँ र एलाँ जुप्पेबाट छान्ने छ।

प्रारम्भिक प्रतिस्पर्धामा अनपेक्षित रुपमा फालोँले ४४ प्रतिशत मतसहित पहिलो भएका छन् भने जुप्पेले २८ प्रतिशत मत ल्याएर दोस्रो स्थानमा आएका छन्।

आउँदो आइतबारको चुनावका लागि फियोँलाई समर्थन गर्ने अन्य धेरै नेता जस्तै सारकोजी पनि एक हुन्।

फ्रान्सका समाजवादी दलहरु कमजोर देखिएकाले मध्य दक्षिणपन्थीबाट राष्ट्रपतिको उम्मेदवारले अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनमा अति दक्षिणपन्थी नेतृ मारिन ले पेनसँग लड्नुपर्ने ठानिएको छ।