१०० महिला के हो?

  • 21 नोभेम्बर 2016

बीबीसी १०० महिला कार्यक्रम श्रृंखलामा हरेक वर्ष विश्वभरिका १०० जना प्रभावशाली र प्रेरणादायी महिलाहरुको नाम चयन गर्ने गरिन्छ। हामी ती महिलाहरुको काम र जीवनबारे डक्युमेन्ट्री, फिचरहरु बनाउँछौ, उनीहरुका अन्तर्वार्ताहरु प्रस्तुत गर्छौं र समग्रमा त्यस्ता सामाग्रीहरु तयार पार्छौं जसको केन्द्रमा महिलाहरु हुने छन्।

त्यसक्रममा हामीले खोज्ने जवाफहरु हुनेछन्:

• २१ औं शताब्दीको अर्थतन्त्रमा संसारका विभिन्न स्थानमा महिलाहरुको अवस्था कस्तो छ?

• के राजनीति र व्यापारमा महिलाहरुले ठूलो भूमिका सम्हाल्न पाउने छन्? कि विश्वव्यापी रुपमा नै महिलाहरुको प्रगतिमा तगारो छ?

• हालका महिलाले सामना गर्नु परिरहेको सबैभन्दा ठूला जोखिमहरु के होलान्? अनि सबैभन्दा ठूला अवसरहरु चाहिं के हुन्?

• अनि निश्चय पनि संचारमाध्यमहरुका सम्बन्धमा कुरा गर्नु पर्दा, के सञ्चार माध्यमहरुले महिलाहरुको सही प्रतिनिधित्व गरिरहेका छन् त? के सञ्चारमाध्यमहरुले महिलाहरुको कथा-व्यथा उचित ढंगले प्रस्तुत गरिरहेका छन् त?