पछिल्लोपल्ट अपडेट गरिएको: 01.09.11, 22:19 NST सम्मका समाचार

बाटो बिराउनेहरु

रुलेट

जुवाको नशाले धेरैको घरबार बर्बाद तुल्याएको छ।

जीवनमा यस्ता मोडहरु पनि आउँछन् जब मानिसले बाटो बिराउने प्रबल संभावना रहन्छ।

आधुनिकता संगसंगै समाजमा बिभिन्न बिकृतिहरु फैलने गर्छन्।

मानिस पाइला पाइलामा सावधान भएर हिंड्नु पर्ने स्थिति आइ पर्छ।

सिधा र सरल बाटोमा गैरहेको जीवन अचानक एउटा गलत मोड लिन पुग्छ।

अनि त्यो रमाइलो जीवन एउटा बोझ बन्न पुग्छ, हार बन्न पुग्छ, पश्चाताप बन्न पुग्छ।

एउटा गलत निर्णय, एउटा गलत पाइलाले अनमोल जीवन नर्क बन्न पुग्छ।

थरी थरीका नशाले मानिसलाई आफ्नो फन्दामा पार्न खाजी राखेको हुन्छ।

अनि कोही जुवाको नशामा डुब्न पुग्छन् र कोही रक्सीको नशामा अल्झिन पुग्छन् भने कोही लागू पदार्थको नशामा डुबेर आफू पनि रोइ रहेका हुन्छन्, अरुलाई पनि रुवाइ रहेका हुन्छन्।

समाजमा फस्टाउंदै गएको अर्को समस्या यौन ब्यवसाय हो भने कति मानिसहरु चाहिं पैसा कमाउंदै गए पछि आफूले नजानेको र नबुझेको क्षेत्रमा हात हालेर बिल्लबाठ हुने अवस्थामा पुगेका हुन्छन्।

किन बिराउँछ बाटो मानिस? किन रुवाउँछ घर परिवारलाई मानिस?

यो कार्यक्रम श्रृङखलामा सुमन खरेलले बाटो बिराएका केही सर्वसाधारणको जीवनलाई नियाल्न खोजेका छन्।

कार्यक्रमहरु सुन्न तलको लिंकमा क्लिक गर्नुहोस्:

क्लिक गर्नुहोस् जुवाको नशामा डुबेको एउटा जीवन-05.09.11

क्लिक गर्नुहोस् लागु पदार्थको नशामा डुबेको एउटा जीवन-12.09.11

क्लिक गर्नुहोस् यौन ब्यवसायमा फस्न पुगेको एउटा जीवन-19.09.11

क्लिक गर्नुहोस् नजानेको र नबुझेको क्षेत्रमा लाग्दा आइ परेको परिणाम-26.09.11

क्लिक गर्नुहोस् रक्सी र फजुल खर्च-03.10.11

BBC navigation

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।