परदेशको पीडा

  • 30 डिसेम्बर 2011
बैदेशिक रोजगारीबाट दुख पाएर फर्किएकी एक महिला। तस्वीर कपीराइट Nepali Service
Image caption बैदेशिक रोजगारीमा गएका धेरै महिलाहरु त्यहाँ अनेक पीडा पाएर फर्किएका छन्।

हरेक दिन कामको खोजीमा झण्डै बाह्रसय नेपाली युवाहरु विदेश जाने गरेको बताइन्छ।

विदेशमा काम गर्ने नेपालीहरुले तिनका घर परिवारलाई पठाउने रकम रेमिट्यान्सले नेपाली अर्थतन्त्रलाई थेगी रहेको अर्थशास्त्रीहरु बताउंछन्।

बितेका केही वर्ष यता वैदेशिक रोजगारीका लागि जाने नेपाली महिलाहरुको संख्या पनि निकै बढेर गएको छ।

वैदेशिक रोजगारीकालागि गएका कूल नेपालीहरुमध्ये झण्डै दश प्रतिशत संख्या महिला कामदारहरुको रहेको अधिकारीहरु बताउंछन्।

दुर्व्यवहार

तर खासगरी साउदी अरेबिया, कुवेत लगायतका खाडी मुलुकहरुमा महिला कामदारहरुमाथि दुर्व्यवहार तथा यौन शौषणका घटनाहरु बढ्दै गएका समाचारहरु प्रकाशमा आइरहेका छन्।

त्यस्तै नेपाली महिलाहरु नर्तकीको रुपमा विदेशी रेष्टुरेन्टहरुमा काम गर्न जाने नयां प्रवृत्ति पनि देखिएको छ।

त्यसरी जाने महिलाहरुले आफुहरु पर्यटक भिसामा छोटो अवधिकालागि विदेश गई फेरि फर्कने गरेको बताउंछन्।

तर उनीहरुमध्ये कतिपयले आफुहरुलाई दुर्व्यवहार तथा शोषण गर्ने गरिएको बताउने गरेका छन्।

श्रम स्वीकृति लिएर नगएकाले उनीहरुको स्थिति अरु जोखिमपूर्ण रहेको बताइन्छ।

बीबीसी नेपाली सेवाको नयां श्रृङ्खला “परदेशको पीडा” मा वैदेशिक रोजगारीमा जाने नेपाली महिला तथा पुरुषहरुले व्यहोर्नु परिरहेका समस्याहरुबारे चर्चा गरिएको छ।

यस श्रृङ्खलाका कार्यक्रमहरु सुन्न यहां क्लिक गर्नुहोस।

अलपत्र परेका कामदारको पीडा-26.12.11

कुवेतबाट फर्केकी एकजना चेलीको व्यथा– 02.01.12

विदेशी डान्सबारहरुमा काम गर्ने युवतीहरुका समस्या-09.01.12

क्षतिपूर्ति पर्खंदै नेपाली अभिभावक-16.01.12

ठगीको समस्या-23.01.12