जलासयबाट विजुली

  • 20 फेब्रुअरी 2012
बुढी गण्डकी नदी
Image caption बुढी गण्डकीमा जलासय बनाएर विजुली उत्पादन गर्ने योजना बनेको थियो

पर्याप्त विजुलीको अभावमा लोडसेडिङको अध्यारोमा जीवन व्यतीत गर्न बाध्य नेपाली उपभोक्ताहरुसामु सरकारले केही आशलाग्दा आयोजनाहरु बनाउने योजनाहरु अघि सारेको छ।

नदीनालामा आधारित आयोजनाहरु संगै पानी जम्मा गरेर जलासयबाट बिजुली निकालीने केही आयोजनाहरु बनाउने प्रस्तावले आशाको संचार गरेको छ।

नेपालीले भोगिरहेको विद्युत संकटलाई कम गर्न भन्दै सरकारले ६०० मेगावाटको बुढी गण्डकी र त्यो भन्दा पनि ठूलो ७५० मेगावाटको पश्चिम सेती जस्ता जलासय आयोजनाहरु बनाउने प्रस्तावहरु ल्याएको छ।

तर निकै महंगा र समय लाग्ने जलासय आयोजना बनाउने कार्य निकै चुनौतीपूर्ण हुने देखिन्छ।

जलविद्युत आयोजनाहरुको निर्माण गर्न तम्सिएका लगानीकर्ताहरु कहिल्यै नसुध्रीने लाग्ने देशको आन्तरिक सुरक्षाको अवस्थाका कारण चिन्तित देखिएका छन्।

जलासय आयोजनाहरु नदिनालामा आधारित आयोजनाहरु भन्दा महंगा र समय लाग्ने अनि मानव वस्ती तथा खेतिपाती नै डुवाउँने विशेषता बोकेका हुन्छन्।

त्यसैले जलासयहरु बनाउँदा पीडितहरुलाई मुआब्जा दिदै सामाजिक तथा प्राकृतीक वातावरण जतिसक्दो कम प्रभाव पर्ने गरि बनाउनु पर्नेमा वीज्ञहरुले जोड दिने गर्छन्।

यसैबारे हाम्रा संवाददाता सुरेन्द्र फुयालले तयार पारेका सामाग्री सुन्नका लागि तलका लिङ्कहरुमा क्लिक् गर्नुहोस्।

पहिलो कार्यक्रम

दोस्रो कार्यक्रम