BBC News, नेपाली - होमपेज
Top story - Nepali

अक्सफर्डको कोभिड खोप नेपाल ल्याउन तालिका र तयारी कस्तो छ
अक्सफर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको खोप सस्तो र भण्डारण गर्न सहज हुने बताइएको छ। त्यो खोप कहिले नेपाल आइपुग्ला?
भिडिओ, 'हामी यहाँ आउँदा गाउँलेहरूले हामीलाई नरभक्षी ठानेका थिए', समयावधि 1,55
चालीस वर्षपछि आफूले शरण लिएको देश फ्रेन्च गीयानाको अभिन्न अङ्ग बनिसकेका लाओसी मूलका ह्मोङ समुदायको कथा यस्तो छ।
सन् २०२० मा विश्वभरि खिचिएका केही चाखलाग्दा तस्बिर
विभिन्न समाचारसंस्थाहरूले सन् २०२० मा खिचेका उत्कृष्ट समाचारमूलक तस्बिरहरू।
यमनी प्रधानमन्त्री र मन्त्रीहरूलाई तारो बनाई गरिएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु
युद्धका कारण विभाजित यमनको हालसालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरबबाट आएर अवतरण गरेको केही बेरमै कम्तीमा एउटा विस्फोट भएको विवरण प्राप्त भएको छ।
सुन्नुहोस्, चिनियाँ टोलीको भ्रमण के नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हो, समयावधि 8,18
केही वर्षदेखि नेपालको आन्तरिक मामिलामा चीनले पनि भारतले जस्तै चासो देखाउन थालेको विश्लेषकहरूको भनाइ छ। यो साता नेपाल आएको चिनियाँ टोलीको नेपाली राजनीतिसँग कस्तो सम्बन्ध थियो होला त?
फोन ट्यापिङ: के नेपालमा सरकारले फोन रेकर्ड गरेर कुरा सुन्न सक्छ
पूर्वमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीको आदेशमा नेकपाका शीर्ष नेताहरूको फोन संवाद निगरानी गरी सुन्ने गरिएको आरोप लगाएका छन्। के नेपालमा साँच्चै सरकारी स्तरबाट कसैको फोन कुराकानीलाई रेकर्ड गरिन्छ?
खोप र पानी कम्पनीका मालिक बने एशियाकै सर्वाधिक धनी व्यक्ति
चीनका जङ शान्शानले भारतका मुकेश अम्बानीलाई एशियाकै सर्वाधिक धनी व्यक्तिको स्थानबाट विस्थापित गरिदिएका छन्।
रुसी नागरिकहरूमा किन स्पुत्निक खोपबारे अझै विश्वस्त हुनसकेका छैनन्
रुसले यूके भन्दा पहिले नै खोप कार्यक्रम सुरु गरेको थियो। तर प्रथम केही दिनमा सर्वसाधारणहरू खोप लगाउन ठूलो सङ्ख्यामा पुगेनन्। किन?
हप्तामा तीन दिन बिदा, चार दिन काम गर्दा कस्तो फाइदा
धेरै संस्थाहरूले साताको चार दिन मात्र काम गराउने योजनाको प्रतिरोध गरिहेका छन्। तर कामसम्बन्धी विषयको अध्ययन गर्ने एउटा थिङ्क ट्याङ्कले भने यो व्यवस्थाले फाइदा हुने बताएको छ।
कोरोनाभाइरस: जान्नुपर्ने महत्त्वपूर्ण कुरा
भिटामिन 'डी'ले कोभिडबाट जोगाउँछ कि जोगाउँदैन?
कोरोनाभाइरस सङ्क्रमण रोक्न र कोभिड-१९ को उपचारमा भिटामिन 'डी' को मात्रा उपयोगी हुनसक्छ कि भन्ने चर्चाका माझ यूकेमा विज्ञहरूले थप प्रमाण आवश्यक रहेको राय दिएका छन्।
कोरोनाभाइरसको नयाँ प्रकार कति चिन्ताको विषय
वैज्ञानिकहरूले कोरोनाभाइरसको नयाँ 'स्ट्रेन' अर्थात् प्रकार थप सङ्क्रामक छ कि भनेर नियालिरहेका छन्।
विश्वभरि कहाँ कति सङ्क्रमण र मृत्यु [अन्तर्क्रियात्मक नक्सा र तालिका]
कोरोनाभाइरस महामारीबाट विश्वभरि कुन देशमा कति मानिस प्रभावित छन् र कति मानिसको मृत्यु भएको छ? यो अन्तर्क्रियात्मक नक्सामा अद्यावधिक तथ्याङ्क प्रस्तुत छ।
भिडिओ, के कोरोनाभाइरस झन् घातक बन्दै गएको हो, समयावधि 3,01
म्यूटेशन अर्थात् उत्परिवर्तनका कारण कोरोनाभाइरसको संरचनामा परिवर्तन हुँदा कोभिड-१९ महामारीमा कस्तो प्रभाव परिरहेको छ?
भिडिओ, चिसो, फ्लू वा कोभिड-१९ के हो कसरी चिन्ने, समयावधि 1,29
जाडो याममा र अघिपछि पनि तपाईँ हाम्रो नाक बन्द हुने वा नाकबाट पानी बग्ने, घाँटी दुख्ने र खोकी लाग्ने भइरहन्छ। तर कोरोनाभाइरस सङक्रमण हो कि हैन यसरी छुट्याउन सकिन्छ।
अनि यो पनि
फेरि बारम्बार बत्ती जान थालेपछि के भन्छन् कुलमान घिसिङ
अचेल किन बेलाबेला झ्याप्पझ्याप्प बिजुली गइरहेको होला? लोडशेडिङ हटाएको श्रेय दिइने गरेका कुलमान घिसिङ यसो भन्छन्।
उखुको पैसा पाइने आश बोकेर आन्दोलनमा सहभागी यी किसान जीवित घर फर्किन पाएनन्
सयौँ परिवारले वर्षौँदेखि आफूले बेचेको उखुको भुक्तानी नपाउँदा अनेक कष्ट खेप्नुपरेको दुखेसो गरेका छन्।
अन्तरिक्षमा फोहोर कम गर्न काठको भूउपग्रह बनाउँदै जापान
काठबाट निर्मित भूउपग्रह अन्तरिक्षमै बलेर ध्वस्त हुने र त्यसले कुनै हानिकारक तत्त्व नछोड्ने वा पृथ्वीमा नखस्ने बताइएको छ।
भिडिओ, भाइरल बनेको काठमाण्डूको सडक, समयावधि 2,06
टिकटक भिडिओ बनाउनेहरू सडकमा नाचिरहेका भेटिन्छन् र स्थानीय बासिन्दालाई भिड नियन्त्रण गर्न गाह्रो हुने अवस्था आउन थालेको छ।
कोरोनाभाइरसले विश्व घटनाक्रमलाई कसरी उथलपुथल पार्यो?
कोभिड-१९ नभएको भए विश्वका यी प्रमुख घटनाक्रम अलग्गै रूपमा अघि बढ्ने कैयौँ विश्लेषकहरूको मत पाइन्छ।
भिडिओ, अनलाइनमा जीवन बितेको वर्ष, समयावधि 1,48
सन् २०२० ले हामीलाई अनलाइन नै जीवनका धेरै कुरा गर्न सक्ने सिकायो। के-के गर्यौँ त हामीले?
भिडिओ, अरब आन्दोलनः १० घटनामा १० वर्ष, समयावधि 2,12
एक दशकअघि ट्युनिशियामा फलफूल बेच्ने एक युवकले आत्मदाह गरेको घटनाले उत्तर अफ्रिका र मध्यपूर्वभरि आन्दोलन निम्त्यायो। तर के त्यसले परिवर्तन ल्यायो त?
भिडिओ, 'कोभिडका कारण मैले हातखुट्टा गुमाएँ', समयावधि 1,52
कोरोनाभाइरस सङ्क्रमण भएपछि एक महिलालाई एक महिनासम्म कोमामा राख्नुपर्यो र दुई पटक मृत्युको नजिक पुगिन्।
११ हजार रुपैयाँमा आफ्नै सन्तान बेच्न विवश छन् केन्याका केही आमा
आफ्नो बच्चा ७० पाउन्डमा बेच्न एउटी आमालाई के ले बाध्य बनाउँछ? तस्करहरू र गरिबीमा पिल्सिएकी एक आमाको कथा।
शनि र बृहस्पतिको 'दुर्लभ मिलन'
यो साताको सुरुमा धेरै लामो समयपछि शनि र बृहस्पति सर्वाधिक समीप आएका थिए। यसलाई ज्योतिषीय भाषामा युति भनिन्छ।
थप समाचार
यूकेमा कोभिड-१९ को दोस्रो खोपलाई प्रयोगको अनुमति
अक्सफर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले कोरोनाभाइरसविरुद्ध बनाएको यो खोप निकै उपयोगी हुने मानिएको छ।
भारतमा नयाँ प्रकारको कोरोनाभाइरस देखा परेपछि नेपालको सीमामा कडाइ गरिँदै
बढी सङ्क्रामक मानिएको नयाँ प्रकारको कोरोनाभाइरस भारतमा पनि फेला परेपछि नेपाल-भारत सीमामा कडाइ गरिन लागेको बताइएको छ।
एसईईको आवेदन फारम खुल्दा विद्यार्थीलाई परीक्षामा कसरी सामेल गराउने भन्ने चिन्ता
राष्ट्रिय परीक्षा बोर्डले निकालेको सूचनाअनुसार एसईई परीक्षाका लागि आवेदन फारम माघ २१ गतेसम्म भरिसक्नुपर्नेछ।
अमेरिकामा पनि फेला पर्यो कोभिड-१९ को नयाँ प्रकार
बिरामी परेका २० वर्षका अमेरिकी युवा हाल आइसोलेसनमा छन्। उनले पछिल्लो केही समयमा यात्रा गरेका थिएनन्।
क्रोएशियामा ६.४ म्याग्निच्युडको भूकम्प
पेट्रेनियाका मेयरका अनुसार सहरको करिब आधा भाग ध्वस्त भएको छ र मानिसहरूलाई भग्नावशेषबाट निकालिँदै छ।
बीबीसी विशेषः अमेरिका निर्वाचन २०२०
नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडन को हुन्?
उनी विश्वकै सबभन्दा अनुभवी राजनीतिज्ञमध्ये एक हुन् जसले सन् १९८७ मै अमेरिकी राष्ट्रपति पदको आकाङ्क्षा देखाएका थिए। डेमोक्र्याटिक पार्टीको तर्फबाट विजेता बन्दै अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित बाइडनबारे थाहा पाउनुपर्ने कुरा यस्ता छन्।
पहिला डोनल्ड ट्रम्प कसरी राष्ट्रपति पदसम्म पुगेका थिए
सन् २०१६ मा राष्ट्रपति निर्वाचित हुनुभन्दा धेरै अघि नै चर्चित अर्बपति र सेलब्रिटी ट्रम्प आफूलाई 'द डोनल्ड' भनेर चिनाउँथे।
विश्वकै शक्तिशाली पद कसरी हस्तान्तरण गरिन्छ
अमेरिकामा डोनल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनको परिणामविरुद्ध कानुनी सङ्घर्ष नत्यागे पनि अन्तत: शक्ति हस्तान्तरणको चरण सुरु भएको छ।
अमेरिकामा उपराष्ट्रपति निर्वाचित कमला ह्यारिस को हुन्
अमेरिकामा पहिलो पटक एकजना अश्वेत र एसियन-अमेरिकन महिला डेमोक्र्याटिक पार्टीको तर्फबाट देशको उपराष्ट्रपति-निर्वाचित भएकी छन्।