BBC News, नेपाली - होमपेज
Top story - Nepali
प्रचण्ड-रवि लामिछाने 'टकराब' को शृङ्खला
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको आग्रहपछि सरकारमै रहने वा बाहिरिने दुई दिनपछि मात्रै निर्णय लिने बताएको छ। तर प्रचण्ड र रवि लामिछानेबीचको विगत टकराबपूर्ण छ।
के रवि लामिछानेबाहेक अरू कसैलाई गृह मन्त्रालय दिन प्रचण्ड तयार छन्
गृह मन्त्रालय रवि लामिछानेको पार्टीलाई दिन सकिनेबारे प्रधानमन्त्री प्रचण्डले छलफल गरिरहेको माओवादीका एक नेताले बताएका छन्।
‘गोर्खालीले लगाएको गुन मलेशियाका गृहमन्त्रीलाई सम्झाउनुपर्छ’
मलेशिया अहिले नेपाली श्रमिकका एउटा मुख्य गन्तव्य बनेको छ। नेपाल भ्रमणमा आउन लागेका त्यहाँका गृहमन्त्रीसँग सरकार कस्ता कुरा उठाउला?
५५ वर्षको उमेरमा क्लब फुटबल खेल्न पोर्चुगल पुगे जापानी स्ट्राइकर
ब्रजिल, जापान, इटली, क्रोएशिया र अस्ट्रेलियापछि मिउराले अब पोर्चुगलको घरेलु क्लबबाट फुटबल खेल्न लागेका छन्।
सेलिब्रिटीका बच्चा गर्भमा बोक्दाको हर्ष र आघात
हामीले आफ्नो कोख भाडामा दिनेहरूको कुरा निकै कम मात्रै सुन्न पाउँछौँ। तर शन्ना सेन्ट क्लेयरले यस्तो काम गज्जब वा डरलाग्दो के हुन्छ भनेर यो रिपोर्टमा बताएकी छिन्।
भिडिओ, मान्छे बसेको घरमा जब विशाल ढुङ्गा बज्रियो..., समयावधि 0,27
मानिसहरू बसेको घरमा कसरी डेढ मिटर ठूलो ढुङ्गा बज्रिन पुग्यो भन्ने स्पष्ट भइसकेको छैन।
७० अङ्क ल्याए ट्रायल पास हुने व्यवस्था बागमती प्रदेशमा ‘लागु हुने’
बागमती प्रदेशका नवनियुक्त श्रम, रोजगारी तथा यातायातका अनुसार नयाँ व्यवस्था लागु गर्ने विषयमा मुख्यमन्त्रीले मौखिक रूपमा सहमति जनाइसकेका छन्।
रुस र चीनसँग सैन्य अभ्यास गर्दै दक्षिण अफ्रिका, अमेरिका असन्तुष्ट
दक्षिण अफ्रिकाले रुस र चीनसँग आफ्नो जलसेनालाई संयुक्त अभ्यासमा सहभागी गराउन लागेको छ। तर यो कुरा संयुक्त राज्य अमेरिकालाई मन परको छैन।
रुसले फेब्रुअरी २४ मा ठूलो आक्रमण गर्ने योजना बनाएको युक्रेनको दाबी
युक्रेनी गुप्तचरहरूले रुसी राष्ट्रपति पुटिनले आफ्ना सेनालाई आउँदो वसन्तको अन्त्यअघि डोनबास कब्जा गर्न निर्देशन दिएको बताएसँगै पुनः ठूलो आक्रमणको आकलन गरिएको हो।
बीबीसी विशेष
नेपालमा भारुको भाउ घट्नुको कारण हुन्डी, तस्करी कि भारतीय पर्यटक?
सीमा क्षेत्रमा नेपाली रुपैयाँको तुलनामा भारतीय रुपैयाँ कमजोर भएको पाइएको छ। त्यसको कारण के हो?
के हामी लेजर प्रयोग गरेर चट्याङलाई तर्काउन सक्छौँ?
स्विटजरल्याण्डको पहाडमा अनुसन्धानकर्ताहरूको एउटा समूहले लेजरको प्रकाशको प्रयोग गरी चट्याङको दिशा मोड्न मिल्ने प्रविधिको परीक्षण गरिरहेका छन्। यदि उनीहरूको अनुसन्धान सफल भयो भने त्यसले भवनहरूलाई क्षति हुनबाट मात्रै जोगाउँदैन, जीवन पनि रक्षा गर्छ।
बारम्बार विमान दुर्घटना, नेपाली आकाश कति सुरक्षित
पोखरामा यती एअरलाइन्सको विमान दुर्घटनामा परेको घटनाले धेरैको ध्यान तानेको छ र त्यसले एउटा महत्त्वपूर्ण प्रश्न फेरि उठाएको छ - नेपालमा किन भइरहन्छ घातक हवाई दुर्घटना? यसको उत्तर उड्डयन सुरक्षा हेर्ने विज्ञ र निकायले मात्र हैन, सर्वसाधारण मानिसले पनि खोजिरहेका छन्।
ब्ल्याक बक्सले कसरी दुर्घटनाको कारण पत्ता लगाउन सहयोग गर्छ
विमानको पछिल्लो भागमा हुने यो उपकरणबाट कसरी विमान दुर्घटनाको कारण पत्ता लाग्छ?
भारतीय यात्रुले खिचेको भिडिओमा विमान दुर्घटनाको अन्तिम क्षण
आइतवार यती एअरलाइन्सको विमान दुर्घटना हुनुभन्दा केही क्षणअघि एक जना भारतीय यात्रुले विमानबाटै भिडिओ लाइभस्ट्रीम गरेका थिए।
दुर्घटनामा पर्नुअघि विमानले 'अवतरण गर्ने दिशा फेरेको थियो'
अवतरणका लागि अनुमति पाइसकेको विमान केही सेकेन्डभित्र धावनमार्ग छुने आकलन एअर ट्राफिक कन्ट्रोलरहरूले गरेका थिए।
किन केही मानिसहरू सधैँ नै ढिलो मात्र हुन्छन्?
'भनाई नै छ मानिसको पुरानो बानीमा सजिलै सुधार हुने गर्दैन। र यस लेखमा उल्लेख गरेको कुरा त्यहि भनाइको एक पीडादायी उदाहरण हो।'
के 'मेटाभर्स' हाम्रो नयाँ कार्यथलो बन्न सक्छ?
भर्चुअल रीआलिटी को संसार 'मेटाभर्स' अहिले एकदमै चर्चा हुने विषय बनेको छ, तर यो अहिलेसम्म अस्तित्वमा भने आइसकेको छैन।
अनि यो पनि
५०,००० वर्षपछि पृथ्वीनजिक आइपुग्दैछ यो दुर्लभ पुच्छ्रेतारा
यो चहकिलो हरियो पुच्छ्रेतारा रातिको समयमा एक महिनासम्म देखिने वैज्ञानिकहरूले बताएका छन्।
भिडिओ, म्यान्मारको लडाइँमा यसरी बाबुछोरा बनेका छन् शत्रु, समयावधि 3,34
यो म्यान्मारमा जारी एउटा विद्रोह र हिंसात्मक गृहयुद्धका कारण विभाजित परिवारको कथा हो।
सडकमा नाचेको एक इरानी जोडीलाई १० वर्षको जेल सजाय
गत सेप्टेम्बरयता इरानमा जारी विरोध प्रदर्शनलाई सन् १९७९ मा भएको इस्लामिक क्रान्तिपछि इरानी शासन सत्तामा आए यताकै गम्भीर चुनौतीको रूपमा हेरिएको छ।
रातो पासपोर्ट र अरू राहदानी दुरुपयोग गर्दा कस्तो सजाय
नेपालको हकमा कूटनीतिक, विशेष, सर्भिस र साधारणगरी चार किसिमका राहदानीहरू जारी गरिन्छ। ती विभिन्न प्रकारका राहदानीहरू फरकफरक प्रयोजनका लागि दुरुपयोग हुँदै आएको जानकारहरू बताउँछन्।
भिडिओ, कुखुरा नमारीकनै मासु कसरी खान सकिन्छ?, समयावधि 1,33
कुखुराको कोषबाट प्रयोगशालामा मासु उत्पादन हुने कामले गति लिएको र यसै वर्ष त्यस्तो मासु रेस्टुराँलाई उपलब्ध हुने बताइएको छ।
सङ्गठित अपराध र 'बुलडग ब्रीडिङ'को यस्तो छ सम्बन्ध
नयाँ अमेरिकन बुली नस्लसहित बुलडगलाई निकै अस्वाभाविक गुणहरू हुनेगरी प्रजनन गराउने काम भइरहेको छ।
भिडिओ, के यी ढुङ्गाबाट बिजुली निकाल्न सकिन्छ, समयावधि 2,02
ढुङ्गाबाट बिजुली निकाल्न सकिने दाबी गरिएका भिडिओहरू भाइरल भएपछि त्यो सम्भव छ कि छैन भनेर बीबीसीले विज्ञहरूसँग कुराकानी गरेको बनाएको एक भिडिओ।
पृथ्वीको नजिकै आएर गयो एउटा क्षुद्रग्रह
उक्त क्षुद्रग्रह पृथ्वीभन्दा ३६०० किलोमिटर नजिकसम्म आएर पार भएको थियो र त्यसको अर्थ त्यो अन्तरिक्ष चट्टान पृथ्वीको धेरै नै नजिक आइपुगेको हो।
इजिप्ट पुरातत्त्व: सुनको पाताले मोडिएको 'ममी' फेला पर्यो
इजिप्टमा पुरातत्त्व उत्खननबाट नयाँ नयाँ तथ्यहरू पत्ता लागेको त्यहाँको सरकारले सार्वजनिक गरेको छ।
थप समाचार
ब्याजदर ‘अचाक्ली’ भएको गुनासो, किन घटाउन सक्दैन सरकार?
नेपाल राष्ट्र ब्याङ्कका एक वरिष्ठ अधिकारीले पछिल्ला महिनामा कतिपय आर्थिक सूचकहरूमा सुधार आएकाले ब्याजदर पनि बिस्तारै कम हुने बताएका छन्।
विमानमा कर्मचारीलाई 'मुक्का हान्ने र थुक्ने' यात्रुलाई सीटमा बाँधेर राखियो
विमान कर्मचारीले उजुरी दिएपछि पक्राउ परेकी इटलीकी ती महिला यात्रुले आफूमाथि लागेको आरोपको खण्डन गरेकी छन्।
सुगाले चिकित्सकलाई लडाइदिएपछि मालिकलाई जेल र जरिवाना
ताइवानमा सुगा पालेका एक व्यक्तिलाई लापरबाही गरेको ठहर गर्दै एक अदालतले जेल सजायका साथै एक करोड रुपैयाँ भन्दा बढी जरिवाना सुनाएको छ।
नेपालमा चीनको प्रभाव कम गर्नु अमेरिकाको ‘प्राथमिकतामा’
नेपालमा अमेरिकाका प्राथमिकता कसरी प्रकट भइरहेका छन् र विश्लेषकहरूका बुझाइमा तिनले कस्तो उद्देश्य राखेका छन्?
आसाराम बापू: बलात्कार सम्बन्धी मुद्दामा भारतीय गुरुलाई जन्मकैद
योग र ध्यानसम्बन्धी आफ्ना कामका लागि परिचित उनका संसारभर दशौँ लाख अनुयायी र सयौँ आश्रमहरू थिए।
भिडिओ, पुर्खाले सुम्पिएको कोलको संरक्षणमा कान्छा महर्जन, समयावधि 3,42
पर्यटकका लागिसमेत आकर्षण बनेको उक्त कोलबाट उत्पादित तेल खानका लागि मात्र नभई मालिस गर्न समेत उपयोगी भएको मानिन्छ।
केही नीतिगत विषय ‘गोप्य राख्ने’ निर्णय ‘स्थगित’
सरोकारवाला र मुख्यसचिव शङ्करदास वैरागीसहित उच्च सरकारी अधिकारीबीच भएको छलफलमा अधिकारीहरूले सतासी खाले सूचना गोप्य राख्ने सिफारिस फिर्ता लिने आश्वासन दिएको छलफलमा सहभागीको भनाइ छ।
पाकिस्तान बम आक्रमणः मस्जिदमा भएको विस्फोटनमा मृत्यु हुनेको सङ्ख्या १०० पुग्यो
उच्च सुरक्षा व्यवस्था भएको संवेदनशील क्षेत्रमा आत्मघाती आक्रमणकारी कसरी छिरे भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
अमेरिकाले युक्रेनलाई एफ-१६ लडाकु विमान नदिने
युक्रेनले आफ्नो हवाई क्षेत्रमा नियन्त्रण कायम गर्न लडाकु विमानहरू आवश्यक रहेको बताउँदै आएको छ।
बीबीसी विशेष
नेपालको अर्थतन्त्र ‘सुधारोन्मुख’ तर ‘जाडोमा एकछिन घाम लागेजस्तो’ हुने चिन्ता
नेपालको अर्थतन्त्रमा केही सुधारका सङ्केतहरू देखिए पनि ती दिगो रहन्छन् भन्ने अवस्था नरहेको अर्थशास्त्रीहरूले बताएका छन्।
भारतको भासिँदै गरेको सहर जोशीमठलाई बचाउन सकिएला?
जोशीमठ भासिने क्रम जारी छ तर त्यसलाई कसरी बचाउन सकिन्छ भन्नेबारे विज्ञहरूले विभिन्न सुझाव दिएका छन्।
नेपालमा इसाई धर्म विस्तारमा दक्षिण कोरियाली भूमिका
नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउनु गैर कानुनी भए पनि इसाई समुदायको सङ्ख्या तीव्रतापूर्वक वृद्धि गर्ने लक्ष्यसहित दक्षिण कोरियाका धर्म प्रचारकहरू सक्रिय रहँदै आएका छन्।
किन अझै सार्वजनिक भएको छैन राष्ट्रिय जनगणनाको प्रतिवेदन
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गर्ने प्रतिवेदन नेपालको राष्ट्रपति चयनका लागि हुने निर्वाचनसँग पनि जोडिएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चीनको एक्जिम ब्याङ्कबाट लिएको २८ अर्ब रुपियाँ ऋणको भुक्तानीको प्रक्रिया आगामी वर्षबाट थाल्नुपर्ने अधिकारीहरूले बताएका छन्।
के क्यालोरी गनेर खाना खानु घातक हुनसक्छ?
धेरैलाई कति क्यालोरी खाना खाइयो भन्ने कुरा ख्याल गरेर त्यसै अनुसार खाना कटौती गर्दा तौल घटाउने लक्ष पुरा हुन्छ भन्ने लाग्छ। तर के यो सही तरिका हो त? या यसबारे पुनर्विचार गर्ने समय भयो?
म्यान्मारमा हतियार उत्पादन गर्न सेनालाई विश्वव्यापी कम्पनीको साथ
म्यान्मारमा सेनाद्वारा आफ्ना नागरिकविरुद्ध प्रयोग गर्न घरेलु स्तरमै हतियार निर्माण भएको बताउँदै एउटा प्रतिवेदनले आवश्यक सामाग्री आपूर्ति नगर्न आह्वान गरेको छ।
के इरानको इस्लामिक रेभलुशन गार्ड कोर आतङ्कवादी सङ्गठन घोषित होला?
आईआरजीसी इरानको सैन्य, राजनीतिक र आर्थिक बल हो जसले देशभित्र सत्ताका लागि रहेका खतराको सामना गर्छ भने देशबाहिर उसको सामर्थ्यलाई देखाउँछ।
नकारात्मक प्रतिक्रियाले किन तपाईँलाई गहिरो गरी असर गर्छ?
हामीमध्ये धेरै मानिसहरूलाई हाम्रो दैनिक जीवनमा आइपर्ने अपमान, व्यङ्ग्यात्मक टिप्पणी अथवा नकारात्मक प्रतिक्रियाले असर गर्ने गर्छ। तर के हामी त्यस्ता आलोचनासँग जुध्नका लागि बनेका हौँ?