जकार्ता मतदान: मुस्लिम गभर्नर चयन गर्न आग्रह

  • 11 फेब्रुअरी 2017
याहोक तस्वीर कपीराइट Reuters
Image caption गैरमुस्लिम आदिवासी चिनियाँ मूलका बासुकी जहाजा पुर्णमा पुनः गर्भनरका उम्मेदवार छन्

जकार्तामा हजारौं इन्डोनेसियालीहरुले राजधानी शहरको नयाँ गरभर्नरमा मुस्लिम उम्मेदवारलाई चयन गर्न आग्रह गर्दै प्रदर्शन गरेका छन्।

बाहिरिन लागेका याहोक पनि भनिने बासुकी जहाजा पुर्णमा आदिवासी चिनिया ईशाई हुन् जो ईलास्म धर्मको अपमान गरेको आरोपमा मुद्दा खेपिरहेका छन्, जुन आरोप उनले अस्वीकार गर्छन्।

अदालतमा मुद्दा चलिरहेको भएपनि पुर्णमाले नै बुधबारको चुनाव जित्ने ठानिएको छ।

पुर्णमाविरुद्ध मुसलमान कट्टरपन्थीहरुले अभियान चलाइरहेका छन् जसका कारण कैयौंलाई धार्मिक असहिष्णुता बढ्ने हो कि भन्ने चिन्तामा पारिदिएको छ।

ब्यानर

शनिबार शहरको इस्तिकलाल मस्जिद वरिपरि जम्मा भएको भीडले मुलिस्म नेतालाई मतदान गर्न आग्रह गरेको छ।

थुप्रै इस्लामवादी समुहहरुले बोकेका ब्यानरमा 'मेरो नेता मुलिस्म होस भन्ने चाहन्छु' र 'धर्म निन्दक नेता चुन्न निषेध गरिएको छ' भन्ने अंकित थियो।

गत डिसेम्बर महिनामा पनि पुर्णमाविरुद्ध ठूलो प्रदर्शन भएको थियो।

त्यसबेला हिंसा भडकिँदा एकजनाको ज्यान गएको थियो भने दर्जनौं प्रदर्शनकारी र प्रहरी घाइते भएका थिए।

पुर्णमा पचास वर्षमा पहिलोपटक गैर मुस्लिम र पहिलो आदिवासी चिनिया गभर्नर बनेका थिए।

उनी सन् २०१४ मा अहिलेका राष्ट्रपति जोको विडोडोको उत्तराधिकारी बनेका थिए।

उनले भ्रष्टाचारविरुद्ध अडान लिएर तथा स्वास्थ्य र शिक्षामा पहुँच र आम यातायातको पक्षमा बोलेर त्यसबेला जितेका थिए।

अस्वीकार

तर केही इलास्मवादीहरुले उनलाई धर्म र जातिका आधारमा अस्वीकार गरेका थिए।

उनीविरुद्ध दुईजना मुस्लिम प्रतिस्पर्धीहरु छन्।

यदि कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याएनन् भने एप्रिलमा पहिलो र दोश्रो हुने उम्मेदवारबीच पुन: निर्वाचन हुनेछ।

२५ करोड जनसंख्यामा ईशाईहरु दश प्रतिशतभन्दा कम छन् भने आदिवासी चिनियाँहरु एक प्रतिशत मात्रै।

इन्डोनेशियाका मुस्लिमहरु तुलनात्मक रुपमा नरमपन्थी छन् र मुलुककको सबभन्दा ठूलो इस्लामिक संगठन नहदलतुल उलामाले उसका सदस्यहरुलाई याहोक विरोधी पछिल्ला प्रदर्शनमा सहभागी नहुन सुझाव दिएको छ।