सन् १९९९ मा ब्रिटिस गोर्खा सेनामा भर्ती भएका हरिबहादुर बुढा मगर रोल्पामा ३९ वर्षअघि जन्मेका हुन्।
अफगानिस्तानमा तालिबानको एम्बुसमा परेर दुवै खुट्टा गुमाएपछि पनि उनले हरेस खाएनन्।
दृढ आँट र अठोटका साथ उनी अब सगरमाथा चढ्ने ध्याउन्नमा छन्।
उनी राजकुमार ह्यारीले शुरु गरेको 'इन्भिक्टस गेम्स', जसमा ब्रिटेन र अमेरिका सहित विभिन्न देशका शारीरिक अपाङ्गता भएका सैनिकले भाग लिन्छन, त्यसमा सहभागी भएका छन्।
साथै युरोपका केही पर्वत र नेपालका शिखरमा पनि चढेका छन्।
उनको सगरमाथा सपना र त्यसको तयारीबारे हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।