पारस शाह: पूर्वयुवराजलाई हृदयाघात, अवस्था 'गम्भीर तर स्थिर'

  • 28 जनवरी 2019
पूर्व युवराज पारस शाह

भूतपूर्व युवराज पारस शाहलाई हृदयाघात भएपछि सोमवार नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

शाहको हाल आईसीयुमा उपचार भइरहेको नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रबहादुर सिंहले बीबीसी नेपाली सेवालाई बताए।

सिंहले भने, "दिउँसो चार बजे उहाँलाई हृदयाघात भएपछि अस्पताल ल्याइएको हो। डाक्टरको रिपोर्ट आएको छैन।"

अस्पतालका अनुसार शाहलाई सवा चार बजेतिर अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो।

उनी 'गम्भीर तर स्थिर' अवस्थामा रहेको बताइएको छ।

अस्पतालमा शाहका तीन बहिनीहरू उपस्थित भइसकेका। पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह काठमाण्डूबाहिर रहेको बताइएको छ।

उनलाई यसअघि सन् २००७ र सन् २०१३ मा पनि हृदयाघात भइसकेको छ।

सम्बन्धित सामग्री