ओलिम्पिक्समा बाजी माथि निगरानी

  • 2 मार्च 2012
लण्डन ओलिम्पिक्स तस्वीर कपीराइट PA
Image caption बेटफेयरले ओलिम्पिक्सका क्रममा शंकास्पद बाजीको गतिविधि बारेको सूचना आइ ओ सीलाई प्रदान गर्न सहमति जनाएको छ।

लण्डन ओलिम्पिक्सका बेला बाजी थापेर जुवा खेलाउने क्रियाकलापका क्रममा हुन सक्ने शंकास्पद गतिविधि माथि दैनिक रुपमा नै निगरानी गरिने अधिकारीहरुले बताएका छन्। ब्रिटिश ओलिम्पिक एशोशियशनका अध्यक्ष कोलिन मोयनिहानले भनेका छन् खेल मिलोमतो गरेर नतिजा पहिल्यै निर्धारण गरिन सक्ने र गैरकानूनी बाजी वा जुवा आदिको खतरासंग जुध्न विभिन्न योजानाहरु बनाइएको छ। ब्रिटेनको जुवा आयोग, प्रहरी, सरकारी तथा ओलिम्पिक अधिकारीहरुले प्रतियोगीताका क्रममा यस विषयमा दैनिक बैठकहरु बस्ने छन्।

सम्भावना अध्यक्ष मोयनिहानले भने “बाजी थाप्ने र जुवा खेलका गतिविधिहरुलाई नजीकबाट निगरानी गरिने छ किनकी खेलमा हार्नेका लागि बाजी थापिएको हुन सक्ने सम्भावना पनि छ।“ “ हरेक दिन विहान मेट्रोपोलिटन प्रहरी र खेल आयोजकसंग मिलेर काम गर्ने जुवा आयोग, सिमा सुरक्षा निकाय र अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटिका प्रतिनिधिहरुले जुवा वा बाजी खेलको बजारमा देखिन सक्ने अप्रत्याशीत र उल्लेखनीय गतिविधिहरुको विश्लेषण गर्नेछन्।“ मोयनिहानले भने खेल प्रतियोगीताका क्रममा ब्रिटिश एथलीटहरुलाई बाजी थाप्ने वा जुवा खेल्ने कुनै पनि क्रियाकलाप गर्न प्रतिबन्ध लगाइने छ। प्रतियोगीतामा छनौट हुनु भन्दा पहिले नै बाजी लगाइसकेकाहरुलाई खेल शुरु भैसकेपछि कुनै समस्यामा पर्न नपरोस् भनेर आफ्नो स्थिति पहिल्यै स्पष्ट पार्न भनिने छ।

सावधान आइ ओ सीका अध्यक्ष ज्याक रोजेले खेलमा गैरकानूनी बाजी थाप्ने समस्यालाई खेल क्षमता बढाउन सेवन गरिने औषधि जस्तै नै खेलको इमान्दारीमाथिको खतराका रुपमा रहेको भन्दै सावधान गराएका छन्। ब्रिटेनका खेलमन्त्री ह्यू रबर्टशनले त्यस्तो खतरालाई नजीकबाट निगरानीमा राख्‍नु पर्नेमा सहमती जनाएका छन्। संसारको सबैभन्दा ठूलो बाजी खेलाउने एक्सचेञ्ज, बेटफेयर, ले गत ‌ महिना भनेको थियो, ओलिम्पिक्सका क्रममा संभावित शंकास्पद बाजीको गतिविधि बारेको सूचना आइ ओ सीलाई प्रदान गर्न उक्त कम्पनीले सहमति जनाइसकेको छ।