बीबीसी न्यूज नेपालीको परिचय

बीबीसी नेपाली सेवाको प्रसारण सन् १९६९ को जून ७ तारिखमा सुरु भएको हो।

ब्रिटेनमा सुरु भएको प्रसारणमा तत्कालीन विद्यार्थी पुरन अग्रवाल नेपाली सेवाको पहिलो प्रस्तोता थिए।

रेडिओमा शनिवार र आइतवार बाहेक हप्ताको पाँच दिन बिहान १५ मिनेट र बेलुकी ३० मिनेट नेपालका झण्डै ३५० वटा एफएमका फ्रिक्वेन्सीहरुमा प्रसारण हुँदै आएको छ।

बीबीसी न्यूज नेपालीको इतिहास

सुरुका वर्षहरूमा नेपाली सेवा लण्डनमा पढ्न या तालिम लिन गएका नेपालीहरूबाट सञ्चालन हुने गर्दथ्यो।

त्यतिबेला साप्ताहिक समाचार तथा घटना समीक्षाको रूपमा प्रसारित नेपाली कार्यक्रमको मुख्य श्रोता हङ्‌कङमा कार्यरत ब्रिटिश गोर्खा सैनिकहरू हुन्थे।

सन् १९६९ मै त्यतिबेला रेडियो नेपालमा कार्यरत तथा चलचित्र निर्माण अध्ययन गर्न लण्डन पुगेका यादव खरेल पनि संलग्न भए।

तर खरेलले अध्ययन पुरा भएपछि काठमाण्डू फर्किने निर्णय लिए। नेपाली सेवा प्रशारणको जिम्मा सन् १९७१ मा मणि राणाले लिए।

नेपाली सेवाको सम्पादकीय तथा व्यवस्थापकीय नेतृत्व खगेन्द्र नेपाली र रवीन्द्र मिश्रले लिइसकेका छन्। बीबीसी न्यूज नेपालीको महत्त्वपूर्ण मितिहरू यहाँ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली परिवार

  • सम्पादक: जीतेन्द्र राउत
  • वरिष्ठ पत्रकार: रमा पराजुली (योजना), केशव कोइराला (मल्टिमिडिया)
  • पत्रकार: शरद केसी, सञ्जय ढकाल, फणीन्द्र दाहाल, गनी अन्सारी, विनिता दाहाल, प्रदीप बस्याल, संजीव गिरी, विष्णु पोखरेल, अशोक दाहाल र स्वेच्छा राउत
  • भिडियो पत्रकार: श्रृजना श्रेष्ठ, कमल परियार र विजय गजमेर
  • कार्यालय व्यवस्थापक: श्रद्धा सापकोटा
  • बिजिनेस डिभेलपमेन्ट : ओजस्वी ढुंगेल
  • प्राविधिक: प्रकाश घिमिरे
  • कार्यालय सहयोगी: दिपक लुई‌टेल
  • महिला मामिला समाचारदाता: मतिना त्वानाबासु
  • खेलकुद समाचारदाता: निरञ्जन राजवंशी
  • समाचारदाता: सीता निरौला (ताप्लेजुङ), विक्रम निरौला (विराटनगर), बृजकुमार यादव (जनकपुर), ईश्वर जोशी (नारायणगढ), नारायण कार्की (पोखरा), माधव नेपाल (बुटवल), कृष्णमाया उपाध्याय (जुम्ला), माधुरी महतो (वीरगंज), शक्तिमाया तामाङ् (नुवाकोट), मञ्जु कल्याल (दार्चुला), विमला चौधरी (नेपालगञ्ज) र प्रकाश पन्त (सुर्खेत)
अडिओ क्याप्शन सुरु हुँदैछ,

बीबीसी नेपाली सेवाको पहिलो प्रसारण यस्तो थियो