लिंक सम्बन्धी नीति

  • 10 फेब्रुअरी 2012

बीबीसी नेपाली डट कममा बीबीसीका आन्तरिक तथा बीबीसी बाहिरका वेबसाइटहरूको लिंकहरू पनि छन्। हामीले सम्पादकीय रूपमा सान्दर्भिक देखिएको अवस्थामा र स्रोता तथा पाठकलाई उपयुक्त हुनसक्ने लागेमा त्यस्ता लिंकहरू राख्‍ने गर्दछौं।

गृह पृष्ठ पब्लिश गर्ने बेलामा बाहिरी लिंकहरू चयन गरेर तिनको समिक्षा गरिन्छ। तर त्यस्ता बाहिरी वेबसाइटहरूको सामग्रीका लागि बीबीसी जिम्मेवार हुने छैन। किनभने:

  • ति वेबसाइटहरूका सामग्री बीबीसीले तयार पार्दैन र ति वेबसाइटहरूको संचालन पनि गर्दैन।
  • बीबीसीले तिनमा केहि पनि फेरबदल गर्न सक्दैन
  • बीबीसीको जानकारी वा सहमति विना नै त्यसमा परिवर्तनहरू हुन सक्छन्

हामीले प्रयोग गरेका बाहिरी लिंकहरूबाट पुगिने वेबसाइटहरूले व्यापारिक सेवाहरू पनि प्रदान गरेका हुन सक्छन्।

बीबीसी नेपाली सेवाको वेबसाइटमा बाहिरी लिंकहरू राखिनुको अर्थ ति वेबसाइट वा तिनका संचालकहरू (अथवा तिनका उत्पादन र सेवा) लाई बीबीसीले अनुमोदन गर्छ भनेर ठानिनु हुंदैन।

लिंकहरू बारे थप जानकारीका लागि अंग्रेजी भाषाको वेबसाइटमा जानुहोला:

http://www.bbc.co.uk/home/links/