प्रयोगका शर्त

  • 17 फेब्रुअरी 2012

बीबीसीले मोबाइल समाचार सामग्रीहरूका लागि कुनै शुल्क लिंदैन। तपाईंको नेटवर्क संचालकका शुल्कहरू भने त्यसमा लागु हुनेछन्। नेटवर्क संचालकहरूले मोबाइल सामग्री ब्राउज गर्दा लागेको समय वा डाउनलोड गरिने डेटाको मात्राका आधारमा शुल्क लगाउने गर्छन्।

उदाहरणका लागि यदि एउटा संचालकले डाउनलोड गरिएको प्रति एमबी डेटाका लागि दुई पाउण्ड शुल्क लगाउने गरेको छ भने बीबीसीको कुनै समाचारको तीन पेज पढ्नका लागि अन्दाजी एक पेन्स शुल्क लाग्छ। कृपया आफ्नो सेवा प्रदायकलाई सम्पर्क गरेर तिनीहरूले लगाउने शुल्कका बारेमा जानकारी लिनुहोस्।

तर मोबाइल इन्टरनेट ब्राउजींगको खर्च घटाउने विभिन्न उपायहरू छन्।

बन्डलमा सेवा सुविधा लिने

दैनिक वा मासिक एकमुष्ट शुल्क बुझाउने गरी डेटा डाउनलोडको प्याकेजको सुविधा लिने हो भने तपाईंको मोबाइल इन्टरनेट प्रयोगको खर्च कम हुन सक्छ। थप जानकारीका लागि आफ्नो सेवा प्रदायकसंग सम्पर्क गर्नुहोस्।

वाई फाई को प्रयोग

आजभोलि थुप्रै मोबाइल फोनहरू वाई फाई सुविधा सहितका हुने गर्छन्। बीबीसी मोबाइलका सामग्रीहरूको प्रयोग तपाईंको घरको ताररहित ब्रोडब्याण्ड इन्टरनेट सेवामार्फत त्यस्तो वाई फाई सुविधाको प्रयोग गरेमा तपाईंको खर्च कम हुन जान्छ।

ब्लु टुथको प्रयोग

बीबीसी मोबाइलमा उपलब्ध केहि भिडियो क्लिपहरू लक गरिएको हुंदैन। त्यसैले त्यस्ता क्लिपहरू तपाईं ब्लु टुथको प्रयोग गरेर आफ्ना साथीहरूलाई बांड्न सक्नुहुन्छ।