यस्तो भए के होला?

पछिल्लोपल्ट अपडेट गरिएको: 01.02.13, 18:50 NST सम्मका समाचार
यस्तो भए कसो होला?

भविष्यको परिकल्पनाका बारे बीबीसीले गर्न लागेको प्रतियोगीतामा सहभागी हुनुहोस्

तपाईंले भविष्यमा के हुंदैछ भन्ने कुरा अहिल्यै देख्‍नु भयो भने कसो होला?
तपाईंको भविष्यको कल्पना कस्तो हुनसक्छ भन्ने बारेमा हामीलाई बताउनुहोस् र संसारभरीका हामी सबैको भविष्यको जीवनका विशिष्ट तस्वीर कोर्न सघाउनुहोस्।

आफ्ना कल्पनालाई प्रस्तुत गर्नका लागि हामी तपाईंलाई आफ्नो रुची अनुसारको माध्यम प्रयोग गर्न आमन्त्रण गर्दैछौं। त्यस्तो दृश्य माध्यम – एनिमेशन, फोटो, चित्र, फिल्म जे पनि हुन सक्छ जस्ले तपाईंको सोच अनुसारको भविष्यको सचित्र वर्णन गरोस्।

यस्तो भए के होला? भन्ने जुन शीर्षक हामीले रोजेका छौं त्यसलाई तपाईं आफ्नो इच्छा बमोजिम अर्थ लगाएर आफ्नो परिकल्पनालाई अभिव्यक्त गर्न सक्नुहुन्छ।

भविष्यको बारेमा विचार गर्दा तपाईंले आफ्नो वरपरी, घर भित्र, बाहिरको अवस्था वा आफ्नै स्वरुप, आफूले खाने खानेकुरा, आफू नजीककाहरुसंगको सम्बन्ध आदिमा हुन सक्ने परिवर्तन अथवा भविष्यमा गरिने हिंडडुलको तरिका, काम गर्ने तरिका अथवा समग्र पृथ्वीमा हुन सक्ने परिवर्तन जस्ता कुराहरुमा सोच विचार गरी आफ्नो सिर्जना तयार पार्न सक्नुहुन्छ।

त्यस्ता सबै कुरा जस्का लागि नयां आविष्कारहरु हुन सक्छन्, कतिपयलाई विलकुलै बेवास्ता गरिन सक्छ वा जस्मा सुधारहरुको आवश्यकता हुन्छ।

मौलिक र सिर्जनात्मक
हामीले तपाईंबाट त्यस्तो मौलिक र सिर्जनात्मक कामको अपेक्षा गरेका छौं, जुनकुरा तपाईं दुनियांले थाहा पाउनै पर्छ भन्ने ठान्नु हुन्छ। हामी त्यस्ता आवेदकहरुलाई छान्ने छौं जस्को काम भावनात्मक रुपमा सशक्त (emotionally powerful) र हेर्दाखेरी नै प्रभावकारी देखियोस्।

हामीले ६ जना चर्चित कलाकार, फोटोग्राफर, फिल्म निर्माता र एनिमेशनशील्पीहरुलाई- तिनीहरुले सोचेका भविष्यको परिकल्पनाका बारे बताउन भनेका छौं ताकी त्यसबाट तपाईंलाई पनि प्रेरणा मिलोस्। तिनीहरुको काम तपाईंले यो पेजमा हेर्न सक्नुहुन्छ। http://www.bbc.co.uk/news/world-21163117


यो प्रतियोगीता दुई वर्गमा विभाजीत छ। स्थिर चित्र र चल चित्र (पचास सेकेण्ड सम्मको) विधामा र हरेक विधाबाट एकजना विजेता छानिनेछन्।

यस्तो भए के होला?

यस्तो भए के होला? बीबीसीको प्रतियोगीतामा सहभागी बन्नुहोस्

विजेता छान्नका लागि पांचजना विशेषज्ञ निर्णायकहरुको चयन भैसकेको छ, हरेक महादेशबाट एकजना गरेर। तिनीहरुले दुबै विधामा आफूलाई मन परेको आवेदकलाई छान्ने छन्।

निर्णायकहरुका बारेमा थाहा पाउन यहां जानु होला- [bbc.co.uk/whatif or bbc.com/what if] । एकजनाले एउटा मात्र सिर्जना पठाउन पाइनेछ।

सहभागी हुने अन्तिम मिति आउंदो मार्च आठ तारिख ग्रीनिच समय अनुसार विहानको दश बजे। दुईजना विजेताले पुरस्कार स्वरुप २५ सय ब्रिटिश पाउण्ड बराबर पर्ने आफ्नो चाहना अनुसारको एउटा ल्यापटप कम्युटर छान्न पाउने छन्।

मुल्यांकन
प्राप्त भएका सबै सिर्जनाहरुलाई निम्न विशेषताका आधारमा मुल्यांकन गरिनेछ।

१। सिर्जनात्मकता (Creativity)
२। दृश्य प्रभाव (Visual impact)
३। मौलिक सोच र विषय (Original concept and theme)
४। भावनात्मक शक्ति (Emotional power)
५। दृश्य माध्यमबाट प्रस्तुत सोचको सशक्तता (Strength of the vision conveyed through visual medium)

तपाईंले कुनै पनि प्रकारको सिर्जनशील प्रस्तुती पठाउन सक्नु हुन्छ( एनिमेशन, भिडियो र फोटो)।त्यसका लागि whatif@bbc.co.ukमा इमेल गर्नु होला।

यसरी आफ्नो सहभागीता जनाएर तपाईंले बीबीसीको गोपनीयता सम्बन्धि नीति (http://www.bbc.co.uk/privacy/)­­ ­­ अनुरुप र आफ्नो सिर्जनामा हुन सक्ने अधिकारहरुको पूर्ण शर्तहरु सहित बीबीसीलाई रोयल्टी मुक्त, विश्वव्यापी, विशेष अधिकार रहित, अरुलाई अनुमति दिन मिल्ने गरी प्रयोग, पुनरुत्पादन, प्रकाशन, वितरण, सार्वजनिक रुपमा उलब्ध गराउने, र सुचीकृत गरिएका उद्देश्यहरु निम्ति आवश्यक भएको हदसम्म तपाईंको सिर्जनालाई सम्पादन र फेरबदल गर्न र त्यस्तो अधिकार प्रदान गर्दा हुने व्यवस्था बमोजीमका सबै काम गर्ने, हाल थाहा भएका र भविष्यमा विकास हुन सक्ने सबैखाले माध्यममा प्रयोग गर्ने अनुमति दिएको ठहर्ने छ।

तपाईंले यो प्रतियोगिता सम्बन्धी पूर्ण नियम तथा शर्तहरु यहां गएर हेर्न सक्नु हुनेछ।http://www.bbc.co.uk/news/world-21163116

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।