बीबीसी विश्व सेवाको विश्वव्यापी सृजनात्मक प्रतियोगितामा सहभागी हुनुहोस्

  • 17 अक्टोबर 2013
global_creative_challenge

बीबीसी विश्व सेवाले योंग क्रिएटिभ नेटवर्क (वाई सी एन) http://ycn.org संग मिलेर "विश्वव्यापी सृजनात्मक चुनौती" प्रतियोगिता आरम्भ गरेको छ।

यो विश्वभरीबाट सृजनात्मक युवा प्रतिभा चयन गर्ने र ति युवा प्रतिभाले बीबीसी विश्व सेवाको ब्राण्डलाई आफू सुहाउंदो कसरी जीवन्त तुल्याउन चाहन्छन् भन्ने थाहा पाउने उद्देश्य सहितको नयां प्रयास हो।

हामीले युके बाहिर बस्ने १८-३४ बर्ष उमेरका युवाहरुलाई त्यस्तो विज्ञापन सामग्री वा विज्ञापन क्याम्पेन तयार गर्न आह्वान गर्दैछौं जसले युवा स्रोतालाई बीबीसी विश्व सेवासंग नजीक हुन प्रेरित गरोस्।

विजेताले तीन हजार पाउण्ड पुरस्कार पाउनेछन् भने दुईजना उपविजेता प्रत्येकले एक एक हजार पाउण्ड पाउनेछन्।

प्रतियोगीतामा सहभागी हुन यहां क्लिक गर्नुहोस्

नोट:

संयुक्त अधिराज्यमा बसोबास गर्नेहरुले यो प्रतियोगितामा सहभागी हुन पाउंदैनन्।

तपाईंले प्रस्तुत गर्ने योजना अंग्रेजीमा हुनु पर्नेछ।

तर स्थानीय भाषामा सामग्री तयार पारिएको छ भने त्यसको अंग्रेजी अनुवाद पनि पठाउनु पर्नेछ।

सहभागीताका थप नियम तथा शर्तहरुका बारे जान्न कृपया यहां क्लिक गर्नुहोला।

प्रतियोगिता आरम्भ मिति: १७ अक्टोबर २०१३

प्रतियोगिता अन्तिम मिति: २ डिसेम्बर २०१३