Got a TV Licence?

You need one to watch live TV on any channel or device, and BBC programmes on iPlayer. It’s the law.

Find out more
I don’t have a TV Licence.

सारांश

  1. १. दोस्रो चरणको संघीय र प्रादेशिक चुनावमा ४५ जिल्लामा मतदान
  2. २. मतदाता १ करोड २२ लाख
  3. ३. प्रतिनिधि सभाको १ सय २८ र प्रदेश सभाको २ सय ५६ निर्वाचन क्षेत्र

प्रत्यक्ष रिपोर्टिंग

सबै युके समय अनुसार

'६७ प्रतिशत मतदान'

दोस्रो चरणको निर्वाचनमा करिब ६७ प्रतिशत मतदाता सहभागी भएको निर्वाचन आयोगले प्रारम्भिक जानकारी दिएको छ।

यसपालि १ करोड २२ लाखभन्दा बढी मतदाता भोट खसाल्न योग्य थिए।

मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मतदाता सहभागी भएका थिए।

अर्घाखाँचीका दुई मतदान केन्द्रमा मतदान स्थगित भएको आयोगले जानकारी दिएको छ।

निर्वाचन
BBC

कतिपय स्थानमा मतगणना शुरु

दोस्रो चरणको मतदान सम्पन्न भइसकेपछि खासगरि पहिलो चरणमा मतदान भएका कतिपय स्थानहरुमा मतगणना शुरु भइरहेको निर्वाचन आयोगले बताएको छ।

मतगणना
Manju Kalyal/BBC

मतदानको समय समाप्त

४५ जिल्लामा आज भइरहेको दोस्रो चरणको प्रादेशिक र केन्द्रीय चुनावमा मतदान गर्ने समय सकिएको छ।

मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो।

तर साँझ ५ बजेभित्रै मतकेन्द्रमा प्रवेश गरेका मतदाताहरुले उक्त समयपछि पनि मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोग
BBC

अर्घाखाँचीको एक केन्द्रमा मतदान स्थगित

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको वडा नम्बर ५ स्थित मथुरा मावि ‘ख’ केन्द्रमा मतदान स्थगित भएको अधिकारीहरुले बताएका छन्।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार, मतदान अधिकृतले मतपत्रमा सही नगरेको भन्दै विवाद भएपछि मतदान स्थगित भएको हो।

उक्त मतदान केन्द्रका अन्य मतपत्र सुरक्षित रहेको भएपनि विवादका क्रममा प्रदेशसभाको मतपत्र भने नष्ट भएको भुसालले बताए।

दिउँसो ३ बजेसम्म ‘५७ प्रतिशत मतदान’

निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेसम्म औसतमा ५७ प्रतिशत मत खसेको छ। दोस्रो चरणको चुनावमा १ करोड २२ लाखभन्दा बढी मतदाता छन्।

मतदान समय साँझ ५ बजेसम्मका लागि तोकिएको छ तर त्यसअगावै मतदान केन्द्रमा प्रवेश गरिसकेकाहरुले त्यसपछि पनि मत खसाल्न पाउने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

निर्वाचन आयोग
BBC

तराईमा चुनावी रौनक

सीमा सुरक्षासम्बन्धी चुनौती रहेको भनिएको प्रदेश नम्बर २ का चुनावी क्षेत्रमा पनि उत्साहजनक रुपमा मतदान भइरहेको बताइएको छ। प्रस्तुत छ, यो भिडिओ सामाग्री:

तराईमा चुनावी रौनक

सर्लाहीमा केहीबेरको तनावपछि मतदान पुन: शुरु

सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ स्थित एक गाउँमा नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्ताहरुबीच झडप भएको छ। कोडैना गाउँपालिकाको वडा नम्बर २ फुलपरासीको मतदान केन्द्रमा झडप भएको हो।

भागदौडको क्रममा एक महिलासहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ। घाइते महिलाको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन चार राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। केहीबेर अवरुद्ध भएपनि हाल मतदान पुन: शुरु भएको प्रहरीले बताएको छ।

मतदानको 'उत्साह र कष्ट'

विभिन्न मतदान केन्द्रमा अशक्त, वृद्धवृद्धा एवं अपांगता भएका व्यक्तिहरुले समेत मतदान गरेका छन्।

तर कतिपय अपांगता भएका मतदाताले सहज प्रबन्ध नभएका कारण उनीहरुलाई मतदान कष्टकर भएको बताएका छन्।

निर्वाचन आयोगले भने उनीहरुको सहजताका लागि मतदान केन्द्रमा प्रबन्ध मिलाइएको बताउने गरेको छ।

मतदान
BBC

हिंसामा संलग्न भनिएकाहरु पक्राउ

प्रहरीले काठमान्डू उपत्यकाका विभिन्न मतदान केन्द्र, महत्वपूर्ण स्थान र उम्मेदवारलाई लक्षित गरी बम विस्फोटन गराउने योजनामा संलग्न भएको आरोपमा ६ जना गिरफ्तार गरिएको जनाएको छ।

उनीहरु विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु रहेको प्रहरीले बताएको छ।

पक्राउ परेकाहरुबाट विस्फोटक पदार्थ, हातहतियार र विभिन्न दस्तावेज समेत बरामद गरिएको नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले बताएका छन्।

उनीहरु यसअघि केही स्थानमा उम्मेदवारलाई लक्षित गरी भएका बम विस्फोटमा पनि संलग्न रहेको प्रहरीले जनाएको छ।

प्रहरी
Nepal Police

४५ हजार निर्वाचन पर्यवेक्षक

निर्वाचन पर्यवेक्षणका लागि विभिन्न ५३ वटा संस्थाका ४५ हजार नेपाली पर्यवेक्षकलाई अनुमति दिइएको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै युरोपेली संघ, कार्टर सेन्टर लगायतका संस्थाका र अन्य गरी ४ सय विदेशी पर्यवेक्षकलाई पनि यो निर्वाचनमा पर्यवेक्षण अनुमति दिइएको बताइएको छ।

मानवअधिकार आयोगले निर्वाचन पर्यवेक्षणका लागि देशका विभिन्न भागमा पदाधिकारी र कर्मचारी खटाएको जनाएको छ।

निर्वाचन प्रक्रियाको अनुगमन गर्न प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव सहित अन्य आयुक्तहरु पनि विभिन्न मतदान केन्द्रमा पुगेका छन्।

अयोधीप्रसाद यादव
BBC

सीके राउतको गाउँमा मतदान शून्य?

शान्तिपूर्ण निर्वाचन भइरहेको सप्तरी जिल्लाको महादेवा गाँउपालिकाको वडा नम्बर २ को आधारभूत विद्यालय मतदान केन्द्रमा दिउंसो तीन बजेसम्म एकजना मतदाता पनि मतदान गर्न नआएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बताएका छन्।

प्रहरी र प्रशासनको टोलीलाई उक्त क्षेत्रमा पठाएर माइकिङ गरेर मतदानका लागि आउन आग्रह गरिएको बताइएको छ।

९ सय ६० जना मतदाता रहेको उक्त मतदान केन्द्र, स्वतन्त्र मधेशको वकालत गरिरहेका सीके राउतको गाउँ भएको बताइएको छ।

के भन्छन् मतदाता?

भोट खसालेपछि मतदाताले के कस्ता आशा र अपेक्षा जनाएका छन्? हेरौं यो भिडिओ सामाग्री

के भन्छन् मतदाता?

सुरक्षा प्रबन्ध ‘चुस्त’

निर्वाचनको पूर्व सन्ध्यामा ठाउँठाउँमा विस्फोटका घटना भएपछि सुरक्षा व्यवस्था निकै कडा पारिएको गृह मन्त्रालयले जनाएको छ। मंसिर २१ गतेको मतदानका निम्ति २ लाख सुरक्षाकर्मी खटाइएका छन्।

सुरक्षा प्रबन्ध तीन घेरामा मिलाइएको बताइएको छ। तेस्रो घेरामा रहेको नेपाली सेनाले पनि ठाउँठाउँमा गस्ती गरिरहेको छ।

सेना
Bikram Niraula/BBC

चुनावी चहलपहल

दोस्रो चरणको मतदानमा पनि मतदाताहरुको उत्साहजनक सहभागिता भइरहेको निर्वाचन आयोगले जनाएको छ।

चुनावी चहलपहल

शीर्ष नेता: को कहाँबाट उम्मेदवार?

शेरबहादुर देउवा, नेपाली कांग्रेसका सभापतिः डडेल्धुरा

प्रचण्ड, माओवादी केन्द्रका अध्यक्षः चितवन-३

केपी ओली, नेकपा एमालेका अध्यक्षः झापा-५

महन्थ ठाकुर, राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महोत्तरी-३

रामचन्द्र पौडेल, नेपाली कांग्रेसकाः तनहुँ-१

उपेन्द्र यादव, संघीय समाजवादी फोरम नेपालका अध्यक्षः सप्तरी-२

कमल थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षः मकवानपुर-१

राजेन्द्र महतो, राजपा नेपालको अध्यक्षमण्डलका सदस्य धनुषा-३

विमलेन्द्र निधि, नेपाली कांग्रेसः धनुषा-३

झलनाथ खनाल, नेकपा एमालेः इलाम-१

गगन थापा, नेपाली कांग्रेसः काठमाण्डू-४

वामदेव गौतम, नेकपा एमालेः बर्दिया-१

शेखर कोइराला, नेपाली कांग्रेसः मोरङ-६

माधवकुमार नेपाल, नेकपा एमालेः काठमाण्डू-२

कृष्णबहादुर महरा, माओवादी केन्द्रः दाङ-२

भीम रावल, नेकपा एमालेः अछाम-१

निर्वाचन
BBC

दिउँसो १ बजेसम्म '४० प्रतिशत मतदान'

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार दिउँसो १ बजेसम्म ४० प्रतिशत मत खसिसकेको छ। दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा १ करोड २२ लाखभन्दा बढी मतदाता छन्।

बिहान ७ बजे शुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ।

‘दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान’

निर्वाचन आयोग प्रवक्ता
BBC