Got a TV Licence?

You need one to watch live TV on any channel or device, and BBC programmes on iPlayer. It’s the law.

Find out more
I don’t have a TV Licence.

सारांश

  1. तीन प्रदेशका २८३ स्थानीय तहका निम्ति
  2. ५० लाख मतदाता, ५० हजार उम्मेदवार
  3. २० वर्षपछि पहिलो पटक स्थानीय प्रतिनिधि चयन हुँदै

प्रत्यक्ष रिपोर्टिंग

सबै युके समय अनुसार

  1. ७० प्रतिशतभन्दा बढी मत खस्यो: आयोग

    निर्वाचन आयोगले स्थानीय चुनावको पहिलो चरणअन्तर्गत तीन प्रदेशमा औसतमा ७० प्रतिशतभन्दा बढी मत खसेको जनाएको छ।

    आयोगका सचिव गोपीनाथ मैनालीले दुर्गम क्षेत्रमा सबैभन्दा बढी मत खसेको बीबीसीलाई जानकारी दिए।

    उनका अनुसार अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ।

    तर केही स्थानमा प्रहरी र पार्टीका कार्यकर्ताहरुबीच झडप भएका विवरण प्राप्त भएका छन्।

    पछिल्लो चुनावी हिंसामा दोलखामा सुरक्षाकर्मीको गोली लागी एक जनाको ज्यान गएको स्थानीय प्रशासनले जनाएको छ।

    स्थानीय चुनाव
  2. मतदानका लागि निर्धारित समय समापन

    मतदानकाे समय समाप्त भएसँगै कतिपय मतदान केन्द्रहरुबाट मतपेटिकाहरु गणनास्थलतर्फ लैजाने तयारी थालिएकाे छ। 

    स्थानीय निर्वाचन
    Image caption: कतिपय मतदान केन्द्रहरुबाट मतपेटिकाहरु गणनास्थलतर्फ लैजाने तयारी थालिएकाे छ।
  3. भक्तपुरमा चुनावको चहलपहल

    Video content

    Video caption: भक्तपुरमा मतदानको चहलपहल
  4. दुर्गममा मतपेटिका संकलन गर्न हेलिकप्टर

    मतपेटिका संकलन गर्न दुर्गम जिल्लाहरुमा हेलिकप्टर परिचालन गरिएको छ।

    कर्णालीका दुर्गम जिल्लाहरु, गोरखा, धादिङ, म्याग्दी लगायतका जिल्लामा हेलिकप्टरबाट मतपेटिका संकलन गरिने निर्वाचन आयोगको भनाई छ।

    मतपेटिका सुरक्षित स्थानमा ल्याएपछि जिल्ला निर्वाचन अधिकृतहरुलाई स्थानीय दलका प्रतिनिधिहरुसँग छलफल गरि मतगणना शुरु गर्ने अधिकार दिइएको छ।

  5. पांचबजेपछि पनि मतदान गर्न पाइने

    मतदानकाे अवधि विहान सातदेखि बेलुकी पांचबजेसम्म ताेकिएकाे भएपनि, पांचबजेसम्म मतदान केन्द्रमा लाम बसिसकेकाहरुलाई मत खसाल्न दिइने निर्वाचन अायाेगले जनाएकाे छ।

    अायाेगका अनुसार मतदान सम्पन्न भएलगत्तै निर्वाचन अधिकृतहरुले मतपेटीकाहरु संकलन गर्ने र सुरक्षित स्थानमा जम्मा गरिनेछ।

    जिल्ला निर्वाचन अधिकृतहरुलाई मतपेटिकाको सुरक्षाका लागि आवश्यक बन्दोबस्तीको व्यवस्था गर्न निर्देशन दिइएको निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिए।

    निर्वाचन अायाेग
    Image caption: लाम बसेकाहरुले पांचबजेपछि पनि मतदान गर्न पाउने निर्वाचन अायाेगले बताएकाे छ।
  6. बाग्लुङ्मा हावाहुरी सहितकाे वर्षाका कारण मतदान प्रभावित

    बाग्लुङ्मा हावाहुरी सहितकाे वर्षाका कारण मतदान प्रभावित भएकाे हाम्री संवाददाता रविना बाेहाेराले जनाएकी छन्।

    Video content

    Video caption: बाग्लुङमा हावाहुरीका कारण चुनाव प्रभावित
  7. स्थानीय तह चुनावसँग सम्बन्धित तथ्याङ्क जान्नुहोस्

    स्थानीय चुनाव
  8. 'दुर्गम जिल्लामा उल्लेख्य मतदान'

    निर्वाचन आयोगले दुर्गम जिल्लाहरुमा उल्लेख्य रुपमा मतदान भएको जनाएको छ।

    कर्णाली क्षेत्रको दुर्गम जिल्ला डोल्पामा ८१% भन्दा बढीले मतदान गरिसकेको उसको भनाइ छ।

    काठमाण्डू उपत्यकामा पनि साढे तीन बजेसम्म ६०% ले मतदान गरिसकेको पाइएको निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले बीबीसीलाई जानकारी दिएका छन्।

    निर्वाचन आयोगले सिन्धुपाल्चोक, दोलखा, कालिकोट, रामेछाप सहितका जिल्लामा  हिंसाका छिटपुट घटना भएपनि अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जानकारी दिएको छ। 

  9. '६० प्रतिशतभन्दा बढी मत खस्यो'

    निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार, तीन वटा प्रदेशका अाैसतमा ६०%  मतदाताहरुले मतदान गरिसकेका छन्।

    निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले बीबीसीसँग भने, “दिउँसो साढे तीन बजेसम्म दुर्गम जिल्लाका अधिकांश मतदाताहरुले मत खासालिसकेका छन्, अहिलेसम्म ६०% मत खसिसक्यो।”

    आयोगले साँझ ५ बजेसम्म मतदान केन्द्रमा लामबद्ध हुने सबै मतदातालाई भोट खसाल्ने अवसर दिइने जनाएको छ।

    स्थानीय चुनाव
  10. सामाजिक सञ्जालमा चुनावको चर्चा

  11. मतदानमा ज्येष्ठ नागरिककाे सहभागिता

    बाग्लुङ्मा मतदान गर्न जांदै एक वृद्ध महिला
    Image caption: बाग्लुङ् लगायतका स्थानमा मतदानमा ज्येष्ठ नागरिकहरुकाे उल्लेख सहभागिता देखिएकाे छ।
  12. जुम्लामा चुनावी चहलपहल

    ६ नम्बर प्रदेशकाे जुम्लामा पनि विहानैदेखि चुनावी चहलपहल देखिएकाे हाम्री संवाददाता कृष्णमाया उपाध्यायले जनाएकी छन्।

    स्थानीय चुनाव जुम्ला
    Image caption: ६ नम्बर प्रदेशकाे जुम्लामा पनि विहानैदेखि चुनावी चहलपहल
  13. दोलखामा चुनावी हिंसामा 'एक जनाको मृत्यु'

    दोलखामा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ।

    सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले राजनीतिक दलका कार्यकर्ताबीच भएको झडपलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको हाम्री संवाददाता निराशी थामीलाई बताएका छन्।

    घटना दोलखाको मेलुंग गाउँपालिकाको पवटीस्थित सत्यश्वर माध्यामिक विद्यालयस्थित मतदान केन्द्रमा  भएको बताइएकाे छ।

    अन्य कयौं घाइते भएको बताइएको छ।

    घटना भएको केन्द्र र तामाकोशी गाउँपालिकाको शहरेस्थित जनजागृति माविमा रहेको मतदान केन्द्रमा मतदान रोकिएको छ।

  14. 'पर्यवेक्षणमा ४९ वटा संस्था'

    स्थानीय तहको चुनावको राष्ट्रिय मानवअधिकार आयोगसहित विभिन्न संघ संस्थाले पर्यवेक्षण गरिरहेका छन्।

    ४९ वटा संस्थाले स्थानीय चुनावको पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट अनुमति पाएका छन्।

    स्थानीय चुनाव
  15. तथ्याङ्कमा स्थानीय चुनावको पहिलो चरण

    Video content

    Video caption: तथ्याङ्कमा स्थानीय चुनावको पहिलो चरण
  16. महिलाहरुको उल्लेख्य सहभागिता

    स्थानीय चुनाव

    विहान सातबजेदेखि शुरु भएकाे मतदानमा महिलाहरुको उल्लेखनीय सहभागिता देखिएको छ। 

  17. चुनावका सम्बन्धमा बीबीसी नेपालीका शरद केसीकाे विश्लेषण

  18. खुला सडक

    अनुमति विना सवारी साधन चलाउन नपाइने हुंदा राजधानीका सडकहरु खाली देखिन्छन्।

    खाली सडक
    Image caption: स्थानीय चुनावका बेला राजधानीका मुल सडकहरु खाली देखिएका छन्।
  19. करिब २१ सय सवारीसाधनमाथि कारबाही

    चुनावलाई ध्यानमा राखेर काठमाण्डूका सडकमा ट्राफिक जाँचमा कडाइ गरिएको छ। 

    महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार २ हजार ८६ वटा सवारीसाधनहरु अनुमति नलिइ चलाएको पाइएपछि कारबाही गरिएको छ। 

    कारबाही भोग्ने अधिकांश मोटरसाइकल चालकहरु रहेको ट्राफिक अधिकारीहरुले जानकारी दिएका छन्।

    स्थानीय चुनाव
  20. 'अधिकांश स्थानमा शान्तिपूर्ण मतदान'

    प्रहरीले तीन प्रदेशमा एक/दुई स्थानबाहेक प्राय: सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जनाएको छ।

    दोलखामा दलका कार्यकर्ताहरुबीच झडप हुन लाग्दा प्रहरीले हवाई फायर गरेको र अवस्था नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए।

    आइतबार बिहान कास्कीको पुतलीबजार नगरपालिकामा एमाले र कांग्रेसका कार्यकर्ताहरुबीच झडप भएको प्रहरी प्रवक्ताले बताएका छन्।

    �0�"~.��