Got a TV Licence?

You need one to watch live TV on any channel or device, and BBC programmes on iPlayer. It’s the law.

Find out more
I don’t have a TV Licence.

प्रत्यक्ष रिपोर्टिङ

सबै युके समय अनुसार

  1. अबको अपडेट होमपेजमा

    हामी लाइभ पेजमा दिनभर नयाँ समाचार र जानकारी अपडेट गर्छौँ।

    आज अब यो लाइभ पेजमा प्रत्यक्ष रिपोर्टिङ् समाप्त भएको छ। यतिञ्जेलसम्म हामीलाई साथ दिनुभएकोमा सबैप्रति आभार व्यक्त गर्दछौँ।अबको अपडेटकालागि हाम्रो होमपेजमा जानुहोला।

    हाम्रो रेडिओ कार्यक्रम नेपाली समय अनुसार साँझ ८:४५ बजे र भोलि बिहान ७:१५ बजे सुन्न नबिर्सनु होला।

    धन्यवाद।

  2. नेपालमा २४ घण्टामा ३,००० भन्दा बढी परीक्षण

    पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको ३,०४९ परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

    बुधवारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले २,३५७ परीक्षण पीसीआर विधिबाट र ६९२ परीक्षण आरडीटी विधिबाट गरिएको जानकारी दिए।

    हालसम्म देशभर पीसीआर विधिबाट २१,३०० भन्दा बढी र आरडीटी विधिबाट लगभग ६०,४०० परीक्षण गरिएका छन्।

    अधिकारीहरूले बुधवार दुईवटा थप सङ्क्रमण पुष्टि भएको जनाएका छन्।

    View more on facebook
  3. ब्रेकिंगवीरगञ्जमा दुई जना सङ्क्रमित शौचालयको झ्याल तोडेर भागे

    वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोनाभाइरस सङ्क्रमित व्यक्तिहरू शौचालयको झ्याल फोडेर भागेका अस्पताल अधिकारीले बताएका छन्।

    अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मदनकुमार उपाध्यायका अनुसार हिजो सङ्क्रमण देखिएपछि उनीहरूलाई उपचारका लागि त्यहाँ ल्याइएको थियो।

    पर्सा जिल्लामा कुल सङ्क्रमितको सङ्ख्या ८२ रहेको छ। तीमध्ये केहीको हालसम्म पनि उपचारको प्रबन्ध हुन नसकेको बताइएको छ।

  4. कस्तो मास्कले कति सुरक्षा दिन्छ?

    बजारमा विभिन्न प्रकारका मास्क पाइन्छ। कुन मास्कले कति सुरक्षा दिन्छ भन्ने कसरी थाहा पाउने?

    Video content

    Video caption: कोरोना भाइरस: कस्तो मास्कले कति सुरक्षा दिन्छ?
  5. जुम्लाका सबै ९२३ नमुना नेगेटिभ

    जुम्लामा सङ्कलन गरिएका ९२३ जनाको नमुना पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

    विदेशबाट र कोरोनाभाइरसको जोखिम रहेको जिल्लाबाट जुम्ला आएका तथा क्वारन्टीनमा बसेका सबै मानिसहरुको परीक्षण गरिएको प्रतिष्ठानका निर्देशक डा. मङ्गल रावलले जानकारी दिए।

    प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुन मगरका अनुसार एकै दिनमा ती सबै नमुनाको परीक्षण गरिएको थियो।

    जुम्लाका सबै नाकाहरु बन्द गरेर विकास निर्माणका कामलाई सामाजिक दुरी कायम गरेर अगाडि बढाउने तयारी भइरहेको पनि प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्।

  6. सङ्क्रमित थपिए, कुल सङ्क्रमण सङ्ख्या २१९

    बुधवार थप दुई जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कपिलवस्तुका २२ वर्षिय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो।

    यसअघि आजै बाँके जिल्लाका ३६ वर्षिय पुरुषको नमुना धुलिखेल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा सङ्क्रमण देखिएको थियो।

    यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २१९ पुगेको छ।

    नेपालमा कोरोनाभाइरस
  7. थप एक सङ्क्रमित, कुल सङ्क्रमण सङ्ख्या २१८

    बुधवार थप एक जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बाँके जिल्लाका ३६ वर्षिय पुरुषको नमुना धुलिखेल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा सङ्क्रमण देखिएको हो।

    यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २१८ पुगेको छ।

  8. स्वास्थ्य सामग्री लिएर चिनियाँ सेनाको जहाज नेपालमा

    नेपाली सेनालाई चिनियाँ सेनाको सहयोग

    चिनियाँ विमान

    चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई कोभिड-१९ सँग जुझ्न उपलब्ध गराएका स्वास्थ्य सामग्री सहित चिनियाँ वायु सेनाको विमान बुधवार बिहान काठमाण्डू आएको छ।

    विमानमा स्वास्थ्यकर्मीहरूको व्यक्तिगत सुरक्षामा प्रयोग गर्ने पीपीई, कोरोनाभाइरसको परीक्षणमा प्रयोग हुने रसायन र अस्पतालका बेड सहितका सामग्री रहेको बताइएको छ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सुचना अधिकारी दयानन्द केसीका अनुसार सामानको भन्सार जाँचपासको प्रक्रिया अघि बढाइएको छ।

    सरकारले नेपाली सेनालाई जिम्मेवारी दिएर चीनसँग खरिद गरेका स्वास्थ्य सामग्री आउन ढिलाइ भएको बेला चिनियाँ सेनाले नेपाली सेनालाई ती हस्तान्तरण गरेको हो।

  9. ट्विटरका कर्मचारीले सधैँ घरबाट काम गर्न पाउने

    ट्विटर

    सामाजिक सञ्जाल ट्विटरले आफ्ना कर्मचारीहरूलाई चाहेको खण्डमा सधैँका लागि घरबाटै काम गर्ने अनुमति दिने बताएको छ।

    उसले कोरोनाभाइरस सङ्क्रमणबीच कर्मचारीहरूले घरबाटै काम गर्दा प्रभावकारी रूपमा काम भइरहेको जनाएको छ।

    गत मार्च महिनादेखि ट्विटरका ५,००० भन्दा बढी कर्मचारी घरबाटै काम गरिरहेका छन्।

  10. 'लकडाउन खुकुलो पार्दा सङ्क्रमण अनियन्त्रित हुनसक्छ'

    ट्रम्प र फाउची

    अमेरिकाका सङ्क्रामक रोगसन्बन्धी एक प्रमुख विशेषज्ञ डा. एन्थनी फाउचीले अर्थतन्त्र चलायमान बनाउने विषयमा हतार गरिए कोरोनाभाइरस सङ्क्रमण अझ फैलिन सक्ने चेतावनी दिएका छन्।

    डा. फाउचीका अनुसार अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या आधिकारिक तथ्याङ्कभन्दा बढी हुनसक्ने सम्भावना छ।

    तर उनको कुरा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अर्थतन्त्र चलायमान बनाउने उत्सुकतासँग बाझिएको छ।

    थप समाचार पढ्नुहोस्

  11. ब्रजिलमा एकै दिन सर्वाधिक सङ्ख्यामा मृत्यु

    कोरोनाभाइरसको महामारी सुरु भएयता ब्रजिलमा कोभिड-१९ का कारण एकै दिन सर्वाधिक सङ्ख्यामा मृत्यु भएको पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८८१ जनाको मृत्यु भएको हो।

    त्यहाँ आगामी केही हप्तामा सङ्क्रमण उत्कर्षमा पुग्ने सङ्केत देखिएको छ।

    त्यहाँ सङ्क्रमितको कुल सङ्ख्या एक लाख ७७ हजारभन्दा बढी रहेको छ।

  12. रेड जोन भनेको के हो?

    काठमाण्डू उपत्यकाका तीनसहित २८ जिल्ला रेड जोनमा

    Video content

    Video caption: कोरोनाभाइरस: उच्च जोखिमयुक्त क्षेत्रमा के हुन्छ?
  13. नेपालमा जिल्लागत सङ्क्रमणको अवस्था

    जिल्लागत् विवरण
  14. विश्वभरिका प्रमुख घटनाक्रम

    नमस्कार। बीबीसी न्यूज नेपालीको कोरोनाभाइरससम्बन्धी लाइभ पेजमा स्वागत छ। यहाँ हामी दिनभरि नेपाल र विश्वका प्रमुख समाचार र ताजा जानकारीहरू अद्यावधिक गर्नेछौँ।

    बुधवार बिहानसम्म प्रमुख कुराहरू यसप्रकार छन् -

    • नेपालमा कुल सङ्क्रमणको सङ्ख्या २१७ पुगेको छ। मङ्गलवारमात्रै ८३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
    • संसारभरि कुल सङ्क्रमण ४२ लाख २९ हजारभन्दा धेरै पुगेको छ भने दुई लाख ८९ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।
    • अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले अर्थतन्त्रलाई चलायमान राख्न लकडाउन खुकुलो पार्ने इच्छा देखाइरहँदा सङ्क्रामक रोगका प्रमुख विशेषज्ञ डा. एन्थनी फाउचीले त्यसो गर्दा सङ्क्रमण नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिएका छन्।
    • सिङ्गापुरले त्यहाँ भएका तीन लाख २३ हजार विदेशी कामदारहरूको कोरोनाभाइरस परीक्षण गर्ने भएको छ। त्यहाँ रोजगारीका क्रममा रहेका विदेशीहरूमा सङ्क्रमण देखिन थालेपछि त्यस्तो योजना सार्वजनिक गरिएको हो।