आस्ट्राजेनेकाले अमेरिकी परीक्षणको प्रभावकारिता तथ्याङ्क सच्यायो
ReutersCopyright: Reuters
आस्ट्राजेनेकाले अमेरिकी
परीक्षण नतिजाबारे सरकारी अधिकारीले प्रश्न उठाएपछि प्रभावकारिता ७९ प्रतिशतलाई
सच्याउँदै ७६ प्रतिशत भएको बताएको छ।
तथ्याङ्क सच्याए पनि
आस्ट्राजेनेकाले परीक्षण नतिजाले यो वयस्क जनसङ्ख्यामा अत्यन्तै प्रभावकारी भएको
पुष्टि गरेको बताएको छ।
अमेरिकी स्वास्थ्य
अधिकारीले पुरानो तथ्याङ्क प्रयोग गरेको भन्दै प्रश्न उठाएका थिए।
आस्ट्राजेनेकाले
अमेरिकामा अनुमति पाउने अपेक्षा गरेको बताएको छ।
सो परीक्षणमा अमेरिका, चिले र पेरुका ३२,००० भन्दा बढी मानिस
सहभागी थिए।
सोमवार परीक्षणको नतिजा
सार्वजनिक भएपछि केही विज्ञहरूले प्रभावकारिताबारे लागि अपूर्ण तथ्याङ्क प्रयोग
भएको हुन सक्ने बताएका थिए।
दीपक जैसी तिम्सिनालाई नेपाली नागरिकता
सीता निरौला
बीबीसी न्यूज नेपाली, इलाम
BBCCopyright: BBC
चालीस वर्ष भारतीय जेलमा बिताएका इलामका दीपक जैसी तिम्सिना पनि भनिने दुर्गाप्रसाद तिम्सिनाको बिहीवार नेपाली नागरिकता पाएका छन् ।
जिल्ला प्रशासन कार्यालय इलामबाट उनले वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए।
उनी २० वर्षको उमेरमा २०३७ साल माघमा इलामको तत्कालीन एकतप्पा गाउँ पञ्चायत–८, खँगुवा ९ (हाल फाकफोकथुम गाउँपालिका) बाट मङ्गलवारे बजारको बुधवारे हाटमा तोरी बेच्न भनी हिँडेपछि सम्पर्कविहीन भएका थिए।
टेस्लाले हालै एक करोड ५० लाख डलर बिटक्वाइनमा लगानी गरेको थियो जसका कारण बिटक्वाइनको मूल्य इतिहासमै सर्वाधिक भएको छ।
मस्कले बिटक्वाइन भुक्तानी ग्रहण गर्न टेस्लाले आफ्नै आन्तरिक सफ्टवेयर प्रयोग गर्ने बताएका छन्।
टेस्ला बेचेर आएको बिटक्वाइन क्रिप्टोकरेन्सीकै रूपमा राख्ने र अन्य मुद्रासँग नसाट्ने पनि मस्कले बताएका छन्।
कोभिडको लक्षण अधबैँसे महिलामा लामो समयसम्म
Getty ImagesCopyright: Getty Images
कोभिडको अस्पतालमा उपचार
गरेपछि अधबैँसे महिलाहरूमा लामो समयसम्म लक्षणहरू रहने दुई अध्ययनले देखाएका छन्।
उपचारको पाँच महिनापछि
पनि ७० प्रतिशत अध्ययनमा सामेल महिलाहरूमा श्वासप्रश्वासमा समस्या, थकान, मांसपेशी दुखाइ र अन्य
लक्षणहरू कायम रहेको पाइएको छ।
यसको कारण महिला शरीरले
रोगसँग लड्ने तरिकासँग जोडिएको हुन सक्ने बताइएको छ।
तर अध्ययनकर्ताहरूले कोभिडको
गम्भीरतासँग सीधा सम्बन्ध नदेखिएको बताएका छन्।
समीक्षा हुन बाँकी लेस्टर
विश्वविद्यालयले यूकेमा गत वर्ष अस्पताल भर्ना भएका १,००० भन्दा बढी बिरामीमा
गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो।
ग्लास्गो विश्वविद्यालयको
अर्को अध्ययनले ५० वर्षभन्दा कम उमेरका महिलाहरूमा उपचारको सात महिनापछि श्वासप्रश्वासको
समस्या हुने सम्भावना सात गुणा बढी हुने र थकान महसुस हुने सम्भावना पुरुषभन्दा
दुई गुणा बढी हुने देखिएको छ।
प्रत्यक्ष रिपोर्टिङ
सबै युके समय अनुसार
आस्ट्राजेनेकाले अमेरिकी परीक्षणको प्रभावकारिता तथ्याङ्क सच्यायो
आस्ट्राजेनेकाले अमेरिकी परीक्षण नतिजाबारे सरकारी अधिकारीले प्रश्न उठाएपछि प्रभावकारिता ७९ प्रतिशतलाई सच्याउँदै ७६ प्रतिशत भएको बताएको छ।
तथ्याङ्क सच्याए पनि आस्ट्राजेनेकाले परीक्षण नतिजाले यो वयस्क जनसङ्ख्यामा अत्यन्तै प्रभावकारी भएको पुष्टि गरेको बताएको छ।
अमेरिकी स्वास्थ्य अधिकारीले पुरानो तथ्याङ्क प्रयोग गरेको भन्दै प्रश्न उठाएका थिए।
आस्ट्राजेनेकाले अमेरिकामा अनुमति पाउने अपेक्षा गरेको बताएको छ।
सो परीक्षणमा अमेरिका, चिले र पेरुका ३२,००० भन्दा बढी मानिस सहभागी थिए।
सोमवार परीक्षणको नतिजा सार्वजनिक भएपछि केही विज्ञहरूले प्रभावकारिताबारे लागि अपूर्ण तथ्याङ्क प्रयोग भएको हुन सक्ने बताएका थिए।
दीपक जैसी तिम्सिनालाई नेपाली नागरिकता
सीता निरौला
बीबीसी न्यूज नेपाली, इलाम
चालीस वर्ष भारतीय जेलमा बिताएका इलामका दीपक जैसी तिम्सिना पनि भनिने दुर्गाप्रसाद तिम्सिनाको बिहीवार नेपाली नागरिकता पाएका छन् ।
जिल्ला प्रशासन कार्यालय इलामबाट उनले वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए।
उनी २० वर्षको उमेरमा २०३७ साल माघमा इलामको तत्कालीन एकतप्पा गाउँ पञ्चायत–८, खँगुवा ९ (हाल फाकफोकथुम गाउँपालिका) बाट मङ्गलवारे बजारको बुधवारे हाटमा तोरी बेच्न भनी हिँडेपछि सम्पर्कविहीन भएका थिए।
उनी हालै कोलकाताको करागारमा फेला परेका र ज्यान मुद्दामा ४० वर्षदेखि बिनासुनुवाइ थुनिएको पाइएको थियो। कोलकाताको उच्च अदालतले रिहाइ गर्न आदेश दिएसँगै गत शनिवार उनी घर फर्किएका थिए। घरमा उनकी ८६ वर्षीया आमा छिन्।
उनलाई आवश्यक उपचार प्रदेश १ सरकारले गर्ने बताएपछि नागरिकता नहुँदा समस्या आउन सक्ने कारण उनको नागरिकता बनाएको परिवारजनले जनाएका छन्।
बिटक्वाइन तिरेर टेस्ला कार किन्न सकिने
टेस्ला विद्युतीय कार अब क्रिप्टोकरेन्सी बिटक्वाइन तिरेर किन्न सकिने कम्पनीका प्रमुख इलोन मस्कले बताएका छन्।
मस्कले एक ट्वीट गर्दै त्यस्तो अप्रत्याशित घोषणा गरेका हुन्।
बिटक्वाइनको मूल्य दिनदिनै घटबढ भइरहने भएकोले टेस्ला कारको बिटक्वाइन मूल्य पनि दिनदिनै फरक हुन सक्छ।
टेस्लाले हालै एक करोड ५० लाख डलर बिटक्वाइनमा लगानी गरेको थियो जसका कारण बिटक्वाइनको मूल्य इतिहासमै सर्वाधिक भएको छ।
मस्कले बिटक्वाइन भुक्तानी ग्रहण गर्न टेस्लाले आफ्नै आन्तरिक सफ्टवेयर प्रयोग गर्ने बताएका छन्।
टेस्ला बेचेर आएको बिटक्वाइन क्रिप्टोकरेन्सीकै रूपमा राख्ने र अन्य मुद्रासँग नसाट्ने पनि मस्कले बताएका छन्।
कोभिडको लक्षण अधबैँसे महिलामा लामो समयसम्म
कोभिडको अस्पतालमा उपचार गरेपछि अधबैँसे महिलाहरूमा लामो समयसम्म लक्षणहरू रहने दुई अध्ययनले देखाएका छन्।
उपचारको पाँच महिनापछि पनि ७० प्रतिशत अध्ययनमा सामेल महिलाहरूमा श्वासप्रश्वासमा समस्या, थकान, मांसपेशी दुखाइ र अन्य लक्षणहरू कायम रहेको पाइएको छ।
यसको कारण महिला शरीरले रोगसँग लड्ने तरिकासँग जोडिएको हुन सक्ने बताइएको छ।
तर अध्ययनकर्ताहरूले कोभिडको गम्भीरतासँग सीधा सम्बन्ध नदेखिएको बताएका छन्।
समीक्षा हुन बाँकी लेस्टर विश्वविद्यालयले यूकेमा गत वर्ष अस्पताल भर्ना भएका १,००० भन्दा बढी बिरामीमा गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो।
ग्लास्गो विश्वविद्यालयको अर्को अध्ययनले ५० वर्षभन्दा कम उमेरका महिलाहरूमा उपचारको सात महिनापछि श्वासप्रश्वासको समस्या हुने सम्भावना सात गुणा बढी हुने र थकान महसुस हुने सम्भावना पुरुषभन्दा दुई गुणा बढी हुने देखिएको छ।
नमस्कार
शुभ प्रभात।
हाम्रो लाइभ पेजमा स्वागत छ।
यो पेजमा आज दिनभरिका समाचारहरू अपडेट गरिने छन्।