सम्झनामा 'राष्ट्रमाता' विनी मन्डेला
दक्षिण अफ्रिकामा गरिएको रङ्गभेदविरुद्धको आन्दोलनमा सक्रिय भूमिका खेलेकी विनी मन्डेलाको ८१ वर्षको उमेरमा निधन भएको छ। उनी पूर्वराष्ट्रपति नेल्सन मन्डेलाकी पूर्वपत्नी थिइन्। विनीको जीवनयात्राका महत्त्वपूर्ण घटनाहरूको सिंहावलोकन तस्बिरसहित यहाँ प्रस्तुत गरिएको छ।

तस्बिर स्रोत, AFP
रङ्गभेदविरुद्धको आन्दोलनमा उनले खेलेको भूमिकाका कारण विनी माडिकिजेला मन्डेलालाई दक्षिण अफ्रिकामा 'राष्ट्रमाता' भन्ने गरिन्छ।
तस्बिर स्रोत, Alamy
उनका तत्कालीन पति नेल्सन मन्डेला र विनी तीन दशकसम्म रङ्गभेदविरोधी अभियानका प्रतीकका रूपमा रहे।
तस्बिर स्रोत, REUTERS
रङ्गभेदी शासनकालमा उनी पटकपटक पक्राउ परेकी थिइन्।
तस्बिर स्रोत, REUTERS
पति नेल्सनको मुक्तिका लागि उनले अमेरिकी सिनेटर लगायत धेरै अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित व्यक्तिहरूलाई भेटिन्।
तस्बिर स्रोत, REUTERS
उनलाई यो तस्बिरमा देखिएका १४ वर्षीय किशोर लडाकु स्टोम्पी सेइपेइको हत्याको आरोप लागेको थियो। तर विनीले त्यो आरोपको खण्डन गरेकी थिइन्।
तस्बिर स्रोत, PA
सन् १९९६ मा नेल्सन मन्डेला कारागारबाट मुक्त भएको छ वर्षपछि विनी र उनको सम्बन्धविच्छेद भयो।
तस्बिर स्रोत, REUTERS
अफ्रिकी नेश्नल कंग्रेस सत्तामा आएपछि उनी सो दलमा वरिष्ठ राजनीतिज्ञका रूपमा स्थापित भइन्। तर त्यही कारणले उनी बारम्बार विवादमा पनि परिन्।
तस्बिर स्रोत, GETTY IMAGES
नेल्सन मन्डेलाले पद छोडेपछि पनि विनी प्रतिष्ठित सार्वजनिक व्यक्तित्वका रूपमा रहिन्। यो तस्बिरमा उनलाई खेलाडी क्यास्टर सेमेन्यालाई ढाडस दिँदै गरेको देखिन्छ।