थिम्पुका रुपरंग

पछिल्लोपल्ट अपडेट गरिएको: 04.12.12, 15:34 NST सम्मका समाचार

भुटान: थिम्पुका रुपरंग

  • पारो-थिम्पु राजमार्ग
    जम्माजम्मी सात लाख चानचुन जनसंख्या रहेको भुटानको पारो विमानस्थलबाट थिम्पु पुगिने एउटा प्रमुख राजमार्गमा गाडीहरुले ठाउँठाउँमा गाईवस्तु छिचोल्दै गुड्नुपर्छ
  • थिम्पु, भुटान
    थिम्पुको चोकमा बनाइएको सार्वजनिक डबलीमा सांस्कृतिक नाचगान, सांगीतिक कार्यक्रम तथा अन्य कार्य गर्ने गरिन्छ
  • थिम्पु, भुटान
    संस्कृति एवं परम्पराको जगेर्ना गर्नाका लागि थिम्पुमा नयाँ वा आधुनिक शैलीको भवन बनाएपनि त्यसको बाहिरी रुप परम्परागत ढाँचामै ढालिएको देखिन्छ
  • थिम्पु, भुटान
    लामो समयसम्म बाहिरि संसारबाट पृथक थिम्पुमा विस्तारै अन्तको हावा चल्न थालेको छ। फलस्वरुप युवायुवती डिस्को र पबमा रमाउने स्थलहरु खुल्न थालेका छन्
  • थिम्पु, भुटान
    हालसालै संवैधानिक राजतन्त्रको बाटोमा हिंडन थालेको भुटानमा कैयौं सार्वजनिक स्थल एवं भवनहरुमा राजारानीको तस्वीर बडो सम्मानका साथ राखिएको देख्न पाइन्छ
  • थिम्पु, भुटान
    थिम्पुमा खासगरी निर्माण कार्यका लागि मजदूरहरु छिमेकी भारतबाट आउने गर्छन्। उनीहरुले ल्याएको पान खाने चलन विस्तारै थिम्पुमा फैलंदो छ जुन कुराको प्रमाण हुन् ठाउँठाउँमा देख्न सकिने सेवन गरेपछि फ्याँकिएको पानको कारण रंगिएका सडक तथा भित्ताहरु
  • थिम्पु, भुटान
    गुरु पद्मसम्भवले फैलाएको वज्रयान वुद्ध धर्ममा गहिरो आस्था राख्ने भुटानीहरुको धर्म संस्कृति निकै सम्पन्न छ
  • थिम्पु, भुटान
    भुटानमा अधिकांश मानिसहरु सार्वजनिक स्थानमा पनि राष्ट्रिय पोशाकमै देखिन्छन्। पुरुषहरु घुँडा सम्म आउने घो भनिने पोशाक लगाउँछन् भने महिलाहरुले लगाउने पोशाकलाई किरा भनिन्छ
  • थिम्पु, भुटान
    थिम्पुको मध्यमा रहेको घण्टाघरको सुई अनवरत चलिरहेपनि अन्तिम शांग्रिला नाम दिइएको भुटानमा पुग्दा विदेशीहरुलाई समयनै पैसा हो भन्ने धर्म केही क्षणको लागि भएपनि बिर्सन कर लाग्छ
  • थिम्पु, भुटान
    पर्यटन एउटा प्रमुख आयस्रोत भएतापनि भुटान आउन चाहने विदेशी पर्यटकहरुले दैनिक कम्तीमा अढाई सय डलर खर्च गर्ने शर्तमा मात्र प्रवेश पाउँछन्
  • थिम्पु, भुटान
    थिम्पुको मुख्य चोक नोर्जिन लाम, कार्यालय समयमा केही व्यस्त देखिएपनि गाडीको धुवाँ,धुलो र ध्वनी प्रदुषणबाट मुक्त छ
  • थिम्पु, भुटान
    भारतलाई जलविद्युत बेचेर निकै आम्दानी गर्न सफल भुटानले आफ्ना नदीनालाको संरक्षणमापनि उत्तिकै ध्यान दिएको छ। थिम्पु छेउ भएर बग्ने यो कञ्चन नदीमा जथाभावी लुगाफाटा वा गाडी धोइपखाली गरेमा हजारौं रुपियाँको जरीवाना तिर्नु पर्छ
  • थिम्पु, भुटान
    धर्म र संस्कृति अक्षुण्ण राख्न सफल अधिकांश भुटानीहरु परम्परागत शैलीमै बस्न रुचाउँछन्
  • थिम्पु, भुटान
    कैयौं भुटानी घरहरुमा परम्परागत शैलीमा दुष्टात्मा भगाउनका लागि भनेर मूलद्वार नजिकै खास चित्रहरु चित्रित गरिएको देख्न पाइन्छ
  • थिम्पु, भुटान
    विस्तारै आधुनिकताले पाइलो हाल्न थालेको थिम्पुको मुख्य चोकको रात्रीकालीन दृश्य
  • थिम्पु, भुटान
    थिम्पुमा देखिएका यी भिक्षुजस्ता लाग्ने जोगी वा माग्नेहरुको संख्या अन्य देशहरुको तुलनामा भुटानमा नगन्यनै देखिन्छ
  • थिम्पु, भुटान
    भुटानले खुशीलाई आर्थिक उन्नतिको प्रमुख आधार मान्दै अपनाएको "ग्रस न्याशनल ह्याप्पीनेस" लाई अन्य देशहरुले निकै चासोका साथ लिने गरेका छन्
  • पारो विमानस्थल, भुटान
    पारोमा रहेको भुटानको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल भौगोलिक रुपले विश्वका सबभन्दा चुनौतिपूर्ण विमानस्थलहरुमध्ये पर्छ

Multimedia

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।