तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भाग दुई – समावेशीकरणको इतिहास बिर्संदै नेपाली कांग्रेस?

  • 29 एप्रिल 2013

भाग दुई –समावेशीकरणको इतिहास बिर्संदै नेपाली कांग्रेस?

स्थापना भएको झण्डै ६७ वर्षको इतिहास हेर्ने हो भने नेपाली कांग्रेसमाथि परिवारवाद र सीमित पहुँचवालाहरुको घेराभन्दा माथी उठ्न नसकेको पछिल्लो समयमा आक्षेप लाग्दै आएको छ। विपी कोइरालाहरुसँगै राणा शाही र पञ्चायत बिरुद्ध आन्दोलनको मोर्चामा जनजाती, मधेसी, महिला र दलितहरु पनि उत्तिकै सक्रिय थिए। तर उनीहरुको उपस्थिति र भूमिका अहिले आएर कांग्रेसमा पातलिएको छ।

आज कांग्रेसमा समावेशीको अवस्था कस्तो छ भन्ने सन्दर्भमा हाम्रा सहयोगी मेघराज रसाईली भन्छन् - सबै भन्दा लामो समय सत्तामा रहेको र जुझारु इतिहास बोकेको नेपाली कांग्रेसले पछाडी पारिएको भनिएका समुदायलाई समावेश गरेजस्तो गरे पनि नेतृत्वको निर्णायक ठाउँमा ल्याउन सकेको छैन।