तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भाग तीन – एमाले: वर्गको कि वर्णको पार्टी?

  • 29 एप्रिल 2013

भाग तीन –एमाले: वर्गको कि वर्णको पार्टी?

स्थापनाको ६४ वर्ष वितिसक्दा पनि गरिब, निमुखा र पछाडी पारिएका समुदायको पार्टी भनेर आफुलाई चिनाउने नेकपा एमालेको निर्णायक नेतृत्वमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने गरी सीमान्तकृत समुदायका भनिनेहरु पुग्न नसकेको देखिन्छ।

राणाकालदेखी नै पढेलेखेका तथाकथित उच्च जातकाले कम्युनिष्ट राजनीति शुरु गरेको र समयक्रममा अन्य समुदायलाई नेतृत्व गर्ने ठाउँमा ल्याउन प्रयास नगरेकोले यस्तो अवस्था आएको आलोचकहरु बताउँछन्।

राजनीतिक दलहरुमा समावेशीको अवस्था केलाउदै आएका हाम्रा सहयोगी मेघराज रसाइली नेकपा एमालेको चर्चा गर्दै भन्छन् – ठूला दलहरु मध्ये सबैभन्दा धेरै ब्राम्हणहरुको प्रतिनिधित्व भएको पार्टी नेकपा एमाले हो। समावेशी चरित्र कमजोर हुनेमा एनेकपा माओवादीपछि नेकपा एमालेकै नाम आउँछ।